०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

प्रहरीको आईजीपीको पदावधि लम्ब्याउन तीव्र ‘लबिङ प्रधानमन्त्री प्रचण्ड पनि तयार

Logo
प्रकाशित बुधबार, फाल्गुण २४, २०७९

ABC (क्राईमबिट) काठमाडौँ । विद्यमान ऐन र नियमावली कायम रहे नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह २०७९ चैत ११ मा अवकाशमा जाँदै छन् । आईजीपी सिंह २०४९ चैत ११ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । इन्स्पेक्टरबाट सेवा प्रवेश गरेको ३० वर्षे सेवा अवधिले उनी अवकाशमा जान लागेका हुन् । तर, उनको पद लम्ब्याउन तीव्र ‘लबिङ’ भइरहेको छ ।

प्रहरी नियमावली–०७१ लाई संशोधन गरेर आईजीपीको पद लम्ब्याउने लबिङ भइरहेको हो । प्रहरी नियमावलीको नियम–१२७ मा प्रहरी कर्मचारीको अवकाशसम्बन्धी व्यवस्था छ । सो व्यवस्था अनुसार आईजीपी तीन कारणले अवकाशमा जान्छन् । ती हुन्, ३० वर्षे सेवा अवधि, ५८ वर्षे उमेर हद र आईजीपीको ४ वर्षको कार्यकाल पुरा गरेर । त्यस्तोमा जुन विकल्प पहिले पुरा हुन्छ त्यसैबाट अवकाश हुने व्यवस्था छ ।

३० वर्षे सेवा अवधि पुरा गरेर अवकाश हुन लागेका सिंह आफ्नो पदावधि थमौती हुने गरी नियमावली संशोधनको प्रयासमा लागेका छन् । आईजीपीको पद अवधि लम्ब्याउन मा‌ओवादी नेतृत्वदेखि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा निकटहरूले समेत ‘लबिङ’ गरिरहेको जानकारहरू बताउँछन् ।

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नियमावली संशोधन गर्न सक्ने व्यवस्था छ । तर, सर्वोच्च अदालतले अवकाशको अवधि तोक्दा र उमेर हदबाट अवकाशमा जाने व्यवस्था गर्दा नियमावली संशोधनको बाटो नअपनाई प्रहरी ऐनमा व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । अहिले सो आदेशलाई लत्याएर नियमावली संशोधनकै बाटोबाट आईजीपीको पद अवधि कम्तीमा ३ महिना लम्ब्याउन चलखेल भइरहेको छ ।

नियमावली संशोधन अघि गृह मन्त्रालयले प्रहरी ऐन–२०१२ लाई संशोधन गर्ने प्रस्ताव अघि बढाएको छ । गृह मन्त्रालयले अघि बढाएको ऐन संशोधनको मस्यौदा सहमतिका लागी अर्थ मन्त्रालयमा पठाएको छ । प्रस्तावित ऐनको मस्यौदामा ३० वर्षे सेवा अवधि हटाउन प्रस्ताव गरिएको छ । तर, ऐन संशोधन हुन समय लाग्ने हुनाले धिरज प्रताप सिंहको व्यक्तिगत सुविधालाई ध्यान दिएर नियमावली संशोधन प्रयास भइरहेको गृह मन्त्रालयका एक जना उच्च अधिकारीले बताए रात।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!