२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सरकारले जातीय छुवाछुत अन्त्य गरेपनि विभिन्न स्थानमा जातीय छुवाछुतको घटनाहरु निरन्तर

Logo
प्रकाशित बुधबार, फाल्गुण २४, २०७९

 (ABC-Sanchar) सिरहा । सोही क्रममा मधेश प्रदेशको सिरहामा जातीय छुवाछुतको नमुना पेश गरिएको छ । सिरहा जिल्लाको भगवानपुर गाउँपालिकास्थित एक सार्वजनिक भोजमा जातको हिसाबले भोज खान पाउने गरी नियम लगाएपछि सरकार, स्थानीय प्रशासन र प्रणालीलाई सीधा चुनौति दिएको छ । जातपात छुवाछुत मान्न नहुने सरकारले भनेपछि भगवानपुरको यो घटनाले उच्च, निच्च जातको कृतिम गन्धलाई बढाबा दिएको पाइएको छ ।

सिरहा जिल्लाको भगवानपुर गाउँपालिकास्थित एक सार्वजनिक भोजमा जातको हिसाबले भोज खान पाउने गरी नियम लगाएपछि सरकार, स्थानीय प्रशासन र प्रणालीलाई सीधा चुनौति दिएको छ । जातपात छुवाछुत मान्न नहुने सरकारले भनेपछि भगवानपुरको यो घटनाले उच्च, निच्च जातको कृतिम गन्धलाई बढाबा दिएको पाइएको छ ।

तस्विरमा देखिएको बोर्ड भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले लगाएको साइनबोर्ड हो । जातीय छुवाछुतको पराकाष्ठा नाघेका यादवको स्वः आमाको समपिण्ड भोज (किरिया कर्म) मा गरिएको भोजमा जातको आधारमा बैठक लगाउनुपर्ने बाध्यता सृजना गरिएको थियो ।

यादव समुदायलाई अर्कै ठाउँमा, गिरी समुदाय, बँगाली, राजपुत, सुडी, पासवान, चमार समुदायलाई अलगै अलगै बसाउन लगाएको पम्पलेटले यतिबेला विवाद उत्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष यादवले आयोजना गरेको सभाको भोजमा समुदाय अनुसार भेदभाव गर्दा उनको नैतिकतामाथि पनि प्रश्न खडा भएको छ । एक गाउँपालिका अध्यक्ष जस्तो पदमा आसिन गाउँपालिका अध्यक्ष यादवको कर्तुतलाई चौतर्फी आलोचना भएको छ ।

विभिन्न समुदायहरुलाई भोजभतेरमा बोलाएर जातीय छुवाछुत गरी अपमान गरेको भन्दै कारवाहीको लागि चौतर्फी माग उठेको हो ।

जातीय छुवाछुत वा भेदभाव गरेको प्रमाणित भएमा ३ बर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । यस सन्दर्भमा गाउँपालिका अध्यक्ष यादवसँग सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]