०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थले जफत गरिएको ४ करोडको सामानहरु लिलाम

Logo
प्रकाशित बुधबार, फाल्गुण २४, २०७९

(ABC-Sanchar)                                              काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले करिब रु. चार करोड बराबरको सामान लिलाम बिक्री गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारीसाधन, कपडा, खाद्य पदार्थ तथा इलेक्ट्रोनिक सामान लिलाम बिक्रीबाट रु तीन करोड ८९ लाख ८१ हजार पाँच सय ५७ राजस्व सङ्कलन गरेको हो ।

कार्यालयलाई तीन सय ३२ थान मोबाइल लिलाम बिक्रीबाट रु. एक करोड ७३ लाख २६ हजार सात सय चार राजस्व प्राप्त भएको छ । यी मोबाइल विदेशबाट फर्किने यात्रुसँग जफत गरिएको हो ।

यस्तै दुई हजार पाँच सय पाँच थान मदिरा लिलाम बिक्रीबाट कार्यालयले रु एक करोड पाँच लाख ८६ हजार छ सय ९७ बराबर राजस्व सङ्कलन भएको जनाएको छ ।

सवारीसाधन, कपडा, खाद्य पदार्थ, इलेकट्रोनिकलगायतका मालवस्तु लिलाम बिक्रीबाट रु एक करोड १० लाख ६८ हजार एक सय ५६ सङ्कलन भएको विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत नारद पोखरेलले जानकारी दिए।

उनका अनुसार कानूनअनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक व्यक्तिले एउटाभन्दा बढी थान मोबाइल तथा एक बोतलभन्दा बढी मदिरा ल्याउन पाइँदैन ।

कानूनले तोकेभन्दा बढी सङ्ख्यामा ल्याइएका सामग्री भए आर्थिक ऐनबमोजिम भन्सार महसुल तिर्नुपर्ने हुन्छ । कार्यालयले स्वदेशी तथा विदेशीबाट जफत गरिएको एप्पल कम्पनीका आइफोन, सामसुङलगायत महँगा मोबाइल फोन तथा मदिरा बिक्री गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!