०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएल बाँकेले बुझायो ज्ञापन पत्र

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २६, २०७९


(ABC-Sanchar) बाँके । माओवादी केन्द्र निकट युवा सङ्गठन वाइसिएल नेपाल बाँकेले बिहीबार जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालीन मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएलले ज्ञापनपत्र बुझाएको हो ।

सङ्गठनका बाँके जिल्ला इन्चार्ज किस्मत अलिशेष, जिल्ला संयोजक आकाश कार्की र सचिब नरेन्द्र ददेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अध्यक्ष प्रचण्ड विरुद्ध जनयुद्धकालीन मुद्दा दायर गर्नु षडयन्त्र भएको जनाउँदै त्यसप्रति वाईसिएल नेपालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । सो सङ्गठनले विभिन्न ५ बुँदे माग समेत अघि सारेको छ ।

विज्ञप्तिमा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत व्यवस्था परिवर्तनका आन्दोलनहरूमा ज्यान गुमाएका योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारलाई सम्मानित वातावरमा बाँच्न सक्ने गरी उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिएको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले उक्त ज्ञापन पत्र नेपाल सरकारलाई पठाउने बताउनु भएको छ । ज्ञापन पत्र बुझाउन वाइसीएल नेपालका केन्द्रिय उपमहासचिव रतन बहादुर शाहीको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!