०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

नेपालगन्जमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट एबं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कमल थापा

Logo
प्रकाशित मंगलबार, फाल्गुण ३०, २०७९

बाँके । राप्रपा नेपाल बाँकेले आयोजना गरेको कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले भ्रष्टाचार र बिदेशी हस्तक्षेपको अन्त्य, सनातन धर्म संस्कृतिको रक्षा र राजनीतिमा कायम सिन्डिकेट तन्त्रको अन्त्यका निमित्त सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् । आज नेपालगन्जमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट एबं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने -”
राजनीतिक दलका नेता र विभिन्न शक्तिकेन्द्रहरूलाई म विनम्रतापूर्वक सम्झाउन चाहन्छु कि जनता तपाईहरुको कमारा वा दास होइनन्,अहिले जनतालाई तन्त्रमन्त्र वा वादविवाद होइन शान्ति र स्थिरता चहिएको छ, विकास चाहिएको छ, रोजगारी चाहिएको छ, गरी खाने वातावरण चाहिएको छ”।
उनले गणतन्त्रले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेन भने जनता विकल्प खोज्न बाध्य हुने समेत बताए ।
राप्रपा नेपालले आगामी दिनमा संगठन निर्माण र जनसंघर्षलाई सँगसँगै लैजाने योजना रहेको भन्दै थापाले देशको प्रत्येक वडा तहसम्म संगठन विस्तार गर्ने तथा २०८०साल फागुन ७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने लक्ष्यका साथ राप्रपा नेपाल अघि बढिरहेको स्पष्ट पारे ।
सर्वसाधारण जनताले सामान्य रोगको उपचार पाउन सकेका छैनन् तर नेताहरुले औषधोपचारको नाउँमा करोडौं रुपैयाँ राज्य कोषबाट पैसा लुटिरहेकामा आक्रोश ब्यक्त गर्दै थापाले
एनसेल कर छरी प्रकरण, सार्वजनिक जग्गा अतिक्रमण काण्ड, वाइडबडि हवाई जहाज काण्ड, ३८ क्वीन्टल सुन तस्करी काण्ड, नेपाल ट्रष्टको जग्गा ठगी काण्ड, लडाकुहरूको भत्ता चोरि कान्ड, कोभिडको बेला भएको औषधि खरिद र खोप वेपत्ता काण्डहरुको छानविन गरि दोषीलाई कडा कारबाही गर्न समेत उनले माग गरे ।
संक्रमणकालिन न्यायको नाममा गंभीर अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिन नमिल्ने भन्दै उनले चाहे माओवादीबाट होस् वा राज्यपक्षबाट होस् निर्दोष र निहत्था जनताको हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिने गरी कानुन नबनाउन राजनीतिक दल र सांसदहरुलाई आग्रह समेत गरे । अगुवा कार्यकर्ता भेलामा पार्टीका सह-महामन्त्री हिक्मत ढकाल, केन्द्रीय सदस्य लक्ष्मी हमाल, जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंह,उपाध्यक्षहरु आशा बिष्ट र यज्ञराज घिमिरेले लगाएतले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!