०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा गृहका अधिकृतहरूको असुली आतंक

Logo
प्रकाशित बुधबार, चैत्र ०१, २०७९

ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालय अन्तरगत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागमा कार्यरत कर्मचारीले असुली आतंक मच्याइरहेको खुलासा भएको छ ।

विमानस्थलको प्रयोग गर्दै हुने अनेक गैर कानुनी काम अध्यागमनका कर्मचारीसँगको मिलेमतोमा हुने गरेको बुझिएको छ । यसअघि मोटो रकम बुझाएर विमानस्थल पुगेका ति कर्मचारीले अहिले असुली धन्दा चलाउँदा यस्तो अवस्था आएको हो ।

गृहका तत्कालीन उपसचिव शोभाकर रेग्मी लगायतलाई मोटो रकम बुझाएर अध्यागमन पुगेका ति शाखा अधिकृत स्तरका थुप्रै कर्मचारीले सुरुदेखि नै पैसा कमाउने बाटो रोजेका हुन् । यसरी कमाउने धन्दामा लागेका कर्मचारी अध्यागमनको अन्तिम डेस्क र संवेदनशील क्षेत्रमा कार्यरत छन् । उनीहरूले ओके भनिसक्दा कानुनी रूपमा वर्जित कामसमेत तमाम हुने गरेका छन् ।

पैसा बुझाएर अध्यागमन पुगेका ति कर्मचारीले लामो समयसम्म शोभाकर लगायतलाई मासिक ३० लाख रुपैयाँभन्दा धेरै रकम बुझाउँदै आएका थिए । अहिले भने त्यो समूहले पैसा बुझाउने ठाउँ फेरिएको बुझिएको छ ।

अध्यागमनमा जारी असुली धन्दा गृह प्रशासनकै सेटिङ चलिरहेको स्रोतले बताएको छ । हाल गृहमन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै लिएका छन् । त्यसैले गृहमा कर्मचारीकै हालीमुहाली चलिरहेको छ । अध्यागमनको सेटिङलाई गृहका जिम्मेवार कर्मचारीले नेतृत्व गरिरहेको स्रोतले बताएको छ ।

पैसा बुझाएर अध्यागमन पुगेका अधिकृतहरू गृहका उपल्लो नेतृत्वलाई महिनावारी पैसा बुझाउन निवासमै जाने गरेका छन् । कर्मचारीहरूका लागि अध्यागमन ‘मालदार’ क्षेत्रमा पर्छ । त्यसैले पैसा बुझाएरै विमानस्थलमा रजगज गरिरहेका छन् ।

अध्यागमनमा कार्यरत कर्मचारीलाई ड्युटीको समयमा मोबाइल प्रयोग गर्न निषेध गरिएको छ । तर, यसरी सेटिङमा काम गरिरहेका कर्मचारीहरू भने जातिखेर पनि स्टेण्डबाइ हुन्छन् । सेटिङका आधार काम गर्नुपर्ने भएकाले उनीहरू ड्युटीको बेला पनि मोबाइल प्रयोग गरिरहेका हुन्छन् ।

यसरी पैसा बुझाएर अध्यागमन पुगेका केही कर्मचारी भने गृहमै फर्किसकेका छन् । तर, केही भने अझै पनि पावर मिलाएर अध्यागमनमै रहेका छन् ।

अध्यागमन जान चाहने गृह अन्तरगतका कर्मचारीसँग गृह प्रशासनका उच्च अधिकारीहरूले सेटिङ मिलाउने क्रम पनि जारी छ । त्यसका लागि यसअघि अध्यागमन पठाउन भूमिका खेल्ने कर्मचारी र गिरोहहरुले नै काम गरिरहेको स्राेतले बताएकाे छ ।दृष्टि

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!