२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

चितुवाको आक्रमणबाट २ जना घाइते

Logo
प्रकाशित बुधबार, चैत्र ०१, २०७९

 

facebook sharing button

twitter sharing buttonABC (क्राईमबिट)
पोखरा । चितुवाको आक्रमणबाट २ जना  घाइते भएका छन् । बुधबार बिहान साढे ७ बजे पोखरा १८ भुकुण्डेमा ध्रुव थापा लगायत ७ जनाले सञ्चालन गरेको कालिज फर्ममा पसेर मानिसलाई आक्रमण गरेको जिल्ला वडा प्रहरी कार्यालय वैदामका डिएसपी वेद जोशीले बताए ।

चितुवाको आक्रमणबाट फर्ममा काम गर्ने रुपा गाउँपालिका ४ बस्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी घाइते भएका छन् । फर्मका २ वटा कालिज समेत मरेको प्रहरीले जनाएको छ । चितुवा फर्मबाट बाहिर निस्कँदा फर्मका ३२ को राजेश तिमिल्सिनालाई समेत घाइते भएको डिएसपी जोशीले बताए । ‘दुवै जना घाइतेको मेट्रो सिटी अस्पताल उपचार भइरहेको छ । गाला र दाहिने आँखामा सामान्य कोतारिएको छ,’ जोशीले भने । चितुवालाई स्थानीय मानिस, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास हुँदा झाडीमा मरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]