२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अपराधमुक्त समाजको लागि प्रहरीलाई सहयोग गर्न आग्रह इन्स्पेक्टर : सुनार

Logo
प्रकाशित बुधबार, चैत्र ०१, २०७९

(महेन्द्र सिंह)                                                              बाँके । वडा प्रहरी कार्यालय नेपालगन्जमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्द्र जित सुनारले नागरिकले प्रहरी संगठनलाई सहयोग गर्न आवश्यक रहेको बताएका छन् । बुधबार वडा प्रहरी कार्यालय नेपालगन्जमा पत्रकार हरुसंग कुराकानी गर्दै प्रहरी निरीक्षक सुनारले भने यो प्रहरी संगठन नागरिकहरुको सुरक्षाको लागि हो यसलाई मलजल गर्नुस् हामी सबैको सुरक्षामा लाग्छौं र तपाईंहरुको सेवामा लागिरहन्छौँ।
उनले नागरिकको सहयोग विना प्रहरीले मात्र केही गर्न नसक्ने बताउँदै अपराधमुक्त समाज निर्माणका लागि प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।’गलत क्रियाकलाप गर्ने समूह÷व्यक्तिको सूचना दिएमा हामीले समाजलाई शान्त राख्न सक्छौँ उनले भने जबसम्म नागरिकहरुको सहयोग प्रहरीले पाउँदैनौं तबसम्म अपराध अनुसन्धानमा सफल भइदैन।
उनले नागरिकलाई पीडा दिने क्रियाकलाप भएमा आफूहरु नागरिकको प्रहरी हुन नसक्ने भन्दै आचरण व्यवहारमा थप सुधार ल्याउन आफू मातहतका कर्मचारीलाई निर्देशन दिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]