०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

६ लाख भन्दा बढी नक्कली नोटसहित दुई जना पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र ०२, २०७९

ABC (क्राईमबिट)                                              काठमाडौँबाट ६ लाख भन्दा बढी नक्कली नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालोपुल एरियाबाट रामेछाप खाँडा देवी घर भई काठमाडौँको मकलबारी बस्ने छिरिङ लामा र दोलखाको भीमेश्वरका घर भई सतुङगल बस्ने सुरेन्द्र कार्कीलाई पक्राउ गरेको हो।उनीहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी छापा मार्न पुगेको थियो । सोहीअनुसार बुधबार साँझ उनीहरुको साथबाट रु १००० दरको नेपाली नोट  ६३६ थान (रु ६,३६,०००) बरामद भएको प्रहरीले जनाएको छ ।  यस्तै नोटको साईजमा काटेको कागजको बण्डल ९ थान पनि बरामद भएको कार्यालयका सूचना अधिकारी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ को मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर पठाइएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

चितवन । भइरहेको *राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशन* स्थलमा पानी जमेपछि आयोजकले मोटर प्रयोग गरेर पानी हटाउने काम गरिरहेको छ। मनसुन सक्रिय भएका बेला चितवनमा परेको वर्षाले मैदानमा पानी जमेको थियो। कार्यक्रममा सहभागी प्रतिनिधि र सर्वसाधारणलाई असहज नहोस् भनेर *पम्पिङ मोटर* चलाएर पानी निकाल्ने व्यवस्था मिलाइएको हो। रास्वपाको यो महाधिवेशन नारायणगढ क्षेत्रमा हुँदैछ। हजारौं […]

error: Content is protected !!