२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कुखुरा ब्यापारीले सडक बिरोध गरेपछी बाँके प्रहरीले अबैध ब्रोईलर कुखुरा पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र ०३, २०७९


ABC (क्राईमबिट)
बाँके । नेपालगन्जको गणेशमान चोकमा बिहीबार बोइलर कुखुरा फालेर ब्यापारीहरु आन्दोलन गर्दै । उनिहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो । भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाएका कारण बाध्य भएर आन्दोलन गर्नु परेको पोल्टी व्यवसायीहरुले बताए । आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय बाँकेलाई पटकपटक ध्यानाकर्षण गराउंदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको कुखुरा ब्यापारीहरुको भनाइ छ । यता नेपालगंज उपमहानगरपालिका वडा १० सितलनगर स्थित जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलीगरी ल्याएको अबैध ब्रोईलर कूखुरा २१९ पिस अं.१,५०,०००।एक लाख पचास हजार बराबरको नियन्त्रणमा ल्याई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]