२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

फेरिएन होलेरी बजारको मुहार,सधै पर्यटन,द्वन्द भजाएर मौलाई रहे नेता र राजनीति

Logo
प्रकाशित शुक्रबार, चैत्र ०३, २०७९


(नन्दराम खड्का)
रोल्पा । होलेरी बजार देशकै एक ऐतिहासिक स्थलको रुपमा चिनिन्छ।यो क्षेत्र पर्यटकीय दृष्टिकोण र धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण रहेको छ।देशमा तत्कालीन बिद्रोही पक्ष माओवादी २०५२ शाल फाल्गुम १ गते होलेरीमै रहेको प्रहरी चौकी आक्रमण गरि १० बर्षे जनयुद्धको शुरूवात गरेको थियो।द्वन्द सेलाएर शान्ति सम्झौ भएको आज १७ बर्ष पुरा भैसकेको छ।शान्ति सम्झौता मात्र भएन मुलुकको ब्यबस्थानै परिवर्तन भयो।देशमा गणतन्त्रको स्थापना भयो।धर्म निरपेक्षता र संघियता समेत आयो।सबैको देशको राजनीति,सिमा भिभाजन लगाएत नेताहरू सबैको मुहार फेरियो तर जनयुद्धको उद्गमस्थल रोल्पाको होलेरीको भने मुहार फेरिएन।निजि जमिन भएका स्थानियले बजारमा पक्कि घर बनाए भने बजारको मुटु समेत रहेको बाहिरी भाग जुर्नेटामा भने अधिकांश जमिन महेन्द्र माध्यामिक विद्यालय होलेरीको नाममा रहेकाले टिनका टहराहरु निर्माण गरिएको छ।उसो त होलेरी बजार जिल्लाकै एक मुख्य ब्यापारिक केन्द्र समेत हो।यस बाहेक रुन्टीगढी गाउँपालिकामा स्वर्गद्वारी प्रभु महाराजको जन्मस्थल रुन्टी,तपोभुमी गढीलेख जस्ता ऐतिहासिक सम्पदाहरु रहेको स्थल रहेकाले होलेरी पर्यटकिय हिसाबले बलियो संभावना रहेको बजार हो।विद्यालयको स्वामित्व भित्र रहेको जमिनमा स्थानिय सरकार समन्वय र सहकार्य गरि टहरा ब्यबस्थापन गरेर सुन्दर घरहरु निर्माण गर्दा बजार सुन्दर र आकर्षक बन्ने पक्का छ।स्थानिय सरकारले यस्तो कदम चालेमा निर्माण गर्ने घरहरू लिजमा दिँदालगानी उठ्न धेरै सय नलाग्ने स्थानियहरु बताउँछन।यस अघि एमाले नेता बालाराम बुढाको नेतृत्वको स्थानिय सरकार हुँदा टहरा ब्यबस्थापनबारे कुरा उठेपनि पालिकाले कुनै ठोस कदम भने चाल्न सकेन।अहिले बजारमा स्थानियले आफुखुसी निर्माण गरेका टहराहरुले बजारको सुन्दरता ह्वात्तै घटाएको छ।बजार कुरुप जस्तै देखिन्छ।होलेरीबाटै युद्ध गर्नेहरु नेताहरूको जिबन ह्वात्तै परिवर्तन भैसकेको छ।बिस्थापित भएर राजनीति गर्नेहरू धेरैको जिबनपनि मालामाल बनिसकेको छ।तर देशकै महत्वपूर्ण स्थल होलेरी सधै नेताहरूले भजाएर राजनीति गर्ने थलो मात्र बनेको छ।होलेरी बजारलाई ब्यबस्थापन तथा बिस्तारमा राष्ट्रिय देखि स्थानीय राजनितीसमेत ध्यान पुगेको छैन।होलेरी ओझेलमा छ।अहिले स्थानीय सरकार रुन्टीगढी सरकारका प्रमुख काङ्ग्रेस नेता जनक पुन छन्।तर उनलेपनि यस बिषयमा चासो देखाएका छैनन्।उनि निर्वाचित बनेपछि अहिलेसम्मको बिजासको गतिले जनता सन्तुष्ट छैनन्।दलहरूको चुनावी एजेन्डामा होलेरी बजार ब्यवस्थापन,पर्यटन बिकास लगाएतका कुराहरु हरेक दलका उम्मेदवारका एजेन्डामा मुख्य बुदा हुन्छन्।बिडम्बना चुनाव जितिसकेपछि भने नेताहरूले सबै बिर्सन्छन।उनिहरुलाई ५ बर्षे कार्यकाल राजकीय शैलीमा हिडडुल गर्न समय अभाव हुन्छ।प्रतिनिधि सभा सदस्य इश्वरी घर्ती,राष्ट्रिय सभा सदस्य कुमार दशौदी अहिले यहीँ पालिकाका राजनितिज्ञ सांसद छन्।उनीहरुको पनि होलेरी बिकासमा चासो र पहल देखिएको छैन।द्वन्दमा नराम्ररी चपेटामा परेका,कान फुट्ने गरि बम र बारुदको ध्वनि संगै दिनरात बिताएका यस क्षेत्रका स्थानियहरु होलेरीको मुहार नफेरिदा चिन्तित छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]