०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

सभामुख घिमिरेको पत्रकार बिकाउ अभिव्यक्ति प्रति संसदीय मामिला पत्रकार समाजको ध्यानाकर्षण

Logo
प्रकाशित शनिबार, चैत्र ०४, २०७९

(ABC-Sanchar) काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको अभिव्यक्तिप्रति संसदीय मामिला पत्रकार समाज, नेपालले आपत्तिज जनाएको छ ।

सभामुखजस्तो गरिमामय पदमा आसीन व्यक्तिले सञ्चारजगत र सञ्चारकर्मीप्रति राखेको तल्लो स्तरको धारणाले चिन्तित र दुःखित भएको भन्दै समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

संसदीय मामिला पत्रकार समाजका महासचिव विष्णु खड्काले विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीमाथि लगाएको आरोपको पुष्टि गर्न समेत चुनौती दिएका छन् । हिजोका कठिन समयमा मिडियाले खेलेको भूमिका नभुल्न आग्रह गरिएको छ ।

‘राज्यको उच्च पदमा रहेका व्यक्तिबाट आफूले भनेजस्तो नहुँदा सञ्चारजगतलाई गाली गर्ने, तल्लो स्तरको व्यवहार गर्ने, विभिन्न निराधार आक्षेपहरु लगाउने गरेको तितो अनुभव हामीले गरेका छौं ’विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार जगतलाई हेर्ने दृष्टिमा सम्माननीय सभामुखको यति तल्लो स्तरको सोचाई होला भन्ने हामीले कल्पना समेत गरेका थिएनौं । कानुन बनाउने सर्वोच्च थलो प्रतिनिधि सभाकै सभामुखको सञ्चार जगतप्रतिको यस्तो धारणाले अब संसद्‌मा बन्ने कानुन कसरी मिडियामैत्री होलान् ? भन्ने समेत गम्भीर प्रश्न उठेको छ ।

‘सञ्चार जगतप्रति सभामुख घिमिरेले राखेको धारणाप्रति समाजलेखेद प्रकट गरेको छ । नेपाली सञ्चार जगत मुलुकको हरेक राजनीतिक परिर्वतनका लागि अग्रमोर्चामा रहेर देश र जनताको पक्षमा खरो रुपमा उभिदै आएको समाजले जनाएको छ । हरेक परिर्वतनमा साथ दिँदै नेपालको गणतन्त्र स्थापनामा सञ्चारजगतले खेलको भूमिका अविस्मरणीय रहेको समाजले उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

चितवन । भइरहेको *राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशन* स्थलमा पानी जमेपछि आयोजकले मोटर प्रयोग गरेर पानी हटाउने काम गरिरहेको छ। मनसुन सक्रिय भएका बेला चितवनमा परेको वर्षाले मैदानमा पानी जमेको थियो। कार्यक्रममा सहभागी प्रतिनिधि र सर्वसाधारणलाई असहज नहोस् भनेर *पम्पिङ मोटर* चलाएर पानी निकाल्ने व्यवस्था मिलाइएको हो। रास्वपाको यो महाधिवेशन नारायणगढ क्षेत्रमा हुँदैछ। हजारौं […]

error: Content is protected !!