२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौं सिंहदरबारको सुरक्षा प्रमुखमा डिएसपीको स्थानमा एसपी खटाउने तयारी

Logo
प्रकाशित आइतबार, चैत्र ०५, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । सिंहदरबार भित्र रहेको नेपाल प्रहरीको गणमा प्रहरी उपरीक्षक (एसपी) राख्ने तयारी भएको छ। नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा डिएसपीको नेतृत्वमा अहिले एक सय ३५ जना सुरक्षाकर्मी कार्यरत छन्।

खासगरी सिंहदरबार भित्रै संघीय संसद् र राष्ट्रिय सभाको कार्यालय रहने भएपछि सुरक्षा वन्दोवस्ती बढाउनुपर्ने देखिएपछि दरबन्दी बढाएर एसपीलाई नेतृत्व दिन लागिएको हो।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले एसपी दरबन्दी राख्ने तयारीका बारेमा छलफल भएको पुष्टि गरे। उनले भने,‘ एसपी राख्नुअघि ओएनएम गराउनुपर्छ। दुई वटै संसद् कार्यालय सिंहदरबार भित्रै रहने भएपछि हाल मौजुदा सुरक्षाकर्मीले मात्रै थेग्दैन। दरबन्दी बढाउनुपर्छ।’

सिंहदरबार भित्र गणमा राखिएका सुरक्षाकर्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र सञ्चार मन्त्रालयमा समेत खटिँदै आएका छन्। त्यसैगरी सिंहदरबारको पूर्वी र दक्षिण गेटमा २४ सै घण्टा प्रहरी खटिँदै आएका छन्।

अहिले गणमा गुल्मको जत्तिनै दरबन्दी छ। एसपीको दरबन्दी राखेपछि हाल मौजुदाभन्दा तीन गुणा सुरक्षाकर्मीले सिंहदरबारको सुरक्षामा खटिने मन्त्रालयका एक उच्च अधिकृतले बताए। ती अधिकृतले भने,‘ अहिले गणमा राखिएको सुरक्षाकर्मी मन्त्रालयपिच्छे खटाउँदै ठिक्क छ। तिनले अन्य काम गर्न भ्याउँदैनन्। सुरक्षा दरबन्दी बढाएपछि सिंहदरबार सुरक्षाथप मजबुत हुनेछ।’

त्यसो त गणमा यसअघि पनि एसपी राख्ने चर्चा थियो। यसपटक भने प्रधानमन्त्री कार्यालयबाटै एसपी खटाउने गरी व्यवस्थापन मिलाउन गृहलाई निर्देशन दिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]