२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप,अश्रुग्याँस प्रहार केही घाइते

Logo
प्रकाशित आइतबार, चैत्र ०५, २०७९


ABC (क्राईमबिट)
बिराटनगर । कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त सङ्घर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा सहभागीहरू नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । त्यसक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

आइतबार प्रदर्शनपछि आयोजित सभालाई नेताहरू गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेनलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदेश नामाङ्कनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले प्रदेशसभा (पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म), कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म), मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास तथा जिल्ला प्रशासन कार्यालय मोरङ आसपास निषेधित क्षेत्र घोषणा गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]