०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

सप्तरीको सीमाक्षेत्रबाट पेस्तोलसहित एकजना पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र ०५, २०७९

ABC (क्राईमबिट) सप्तरी । नेपाल-भारत सीमाक्षेत्रबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्। छिन्नमस्ता गाउँपालिका-२, मौवाका अन्दाजी २८ वर्षीय सोनु राय पक्राउ परेका हुन्।आइतबार दिउँसो १ बजे भारतबाट नेपालतर्फ पैदल हिँडेर आउँदै गरेको अवस्थामा तिलाठी कोइलाडी गाउँपालिका-१, खाडो खोलास्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बीओपी, तिलाठी र प्रहरी चौकी। तिलाठीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
बरामद पेस्ताेल।
उनले कम्मरमा एलाष्टिकमा बाँधेर ल्याएको अवस्थामा एकापट्टिको स्लाइडमा लिडी मेड इन यूएसए र अर्कोपट्टिको स्लाइडमा चाइना लेखिएको म्याग्जिनसहितको अटोमेटिक पेस्तोल १ थान प्रहरीले बरामद गरेको छ।

घटनामा राजविराज नगरपालिका-१ का अन्दाजी २८ वर्षीय रोशन यादवसमेतको संलग्नता हुन सक्ने देखिएकाले उनलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । भइरहेको *राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशन* स्थलमा पानी जमेपछि आयोजकले मोटर प्रयोग गरेर पानी हटाउने काम गरिरहेको छ। मनसुन सक्रिय भएका बेला चितवनमा परेको वर्षाले मैदानमा पानी जमेको थियो। कार्यक्रममा सहभागी प्रतिनिधि र सर्वसाधारणलाई असहज नहोस् भनेर *पम्पिङ मोटर* चलाएर पानी निकाल्ने व्यवस्था मिलाइएको हो। रास्वपाको यो महाधिवेशन नारायणगढ क्षेत्रमा हुँदैछ। हजारौं […]

चितवन । भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशन स्थलमा पानी जमेपछि *गृहमन्त्री माननीय सुधन गुरुङ* स्थलगत अवलोकनमा पुगेका छन्। मनसुन सक्रिय भएर परेको वर्षाले महाधिवेशन हुने मैदान जलमग्न बनेको थियो। त्यसपछि आयोजकले मोटर चलाएर पानी निकालिरहेको छ। गृहमन्त्री गुरुङले त्यही अवस्था बुझ्न पुगेर सुरक्षाकर्मी र आयोजकसँग *उद्धार, जलनिकास र कार्यक्रमको सुरक्षाबारे जानकारी लिएका छन्*। […]

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशन अहिले चितवनमा चलिरहेको छ। तर उद्घाटन हुनुपर्ने मुख्य स्थल गेस्ट चौर पानीले डुबानमा परेको छ। लगातारको वर्षा र जलनिकासको समस्या कारण गेस्ट चौरको मैदान जलमग्न बनेको हो। – महाधिवेशनको तयारी अन्तिम चरणमा पुग्दा अचानक आएको पानीले पण्डाल, कुर्सी, साउन्ड सिस्टम सबै प्रभावित भएको छ। – आयोजकले वैकल्पिक […]

error: Content is protected !!