२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

बलिउड अभिनेता सलमान खानलाई ग्याङ्स्टरको फेरि धम्की बढाइयो सुरक्षा

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९


(ABC-Sanchar)
काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई उनको कार्यालयमा इमेल पठाएर धम्की दिइएको छ । यसपछि मुम्बई पुलिसले ग्याङ्स्टर लरेन्स बिश्नोई र गोल्डी ब्रार र एक अन्य विरुद्ध एफआईआर दर्ता गरेको छ ।

पन्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा संलग्न लरेन्स बिश्नोई र गोल्डी ब्रार पन्जाबको भटिन्डा जेलमा छन् ।

यो उजुरी प्रशान्त गुञ्जालकरले बान्द्रा प्रहरीमा दर्ता गराएका हुन् । प्रहरीका अनुसार गुञ्जालकर बान्द्रास्थित सलमान खानको घरमा बारम्बार आउने गरेका छन् र कलाकारसँग जोडिएको एउटा व्यवस्थापन कम्पनी चलाउँछन् ।

एफआईआरलाई उद्धृत गर्दै, अधिकारीले पीटीआईलाई दिएको जानकारी अनुसार जब गुंजालकर शनिवार दिउँसो ग्यालेक्सी अपार्टमेन्टमा सलमान खानको कार्यालयमा थिए, उनले ‘रोहित गर्ग’ को आइडीबाट एउटा इमेल आएको देखे ।

उक्त इमेलमा हिन्दीमा लेखिएको थियो, ‘सलमान खानले लरेन्स बिश्नोईको हालैको एउटा न्युज च्यानललाई दिएको अन्तर्वार्ता अवश्य हेर्नुभएको होला, छैन भने हेर्नु होला । यदि सलमान खान यो मामिला बन्द गर्न चाहन्छन् भने उनले गोल्डी भाइ (गोल्ड बरार)सँग आमनेसामने बसेर कुरा गर्नुपर्छ ।’

इमेलमा ‘अहिले पनि समय रहेको’ भन्दै ‘अर्को पटक भने झट्का हेर्न पाइने’ बताइएको छ । यसअघि जून २०२२ मा पनि एक अज्ञात व्यक्तिले सलमान खानलाई धम्की दिएका थिए ।

उक्त धम्कीपछि उनको घर बाहिर सुरक्षा कडा पारिएको छ । रात भरी मुम्बईका जवानले सलमानको बान्द्रास्थित घर ग्यालेक्सी बाहिर गस्ती गरेको भारतीय सञ्चार माध्यमले बताएको छ । प्रहरीले ग्यालेक्सी बाहिर भीडसमेत जम्मा हुन दिइरहेको छैन । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]

(एबिसि संचार ) बैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँ बस्ने २६ वर्षीय अर्जुन कँडेल रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार कँडेललाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको हो ।उनले आकर्षक तलबको लोभ देखाएर पीडितसँग […]