०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

बलिउड अभिनेता सलमान खानलाई ग्याङ्स्टरको फेरि धम्की बढाइयो सुरक्षा

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९


(ABC-Sanchar)
काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई उनको कार्यालयमा इमेल पठाएर धम्की दिइएको छ । यसपछि मुम्बई पुलिसले ग्याङ्स्टर लरेन्स बिश्नोई र गोल्डी ब्रार र एक अन्य विरुद्ध एफआईआर दर्ता गरेको छ ।

पन्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा संलग्न लरेन्स बिश्नोई र गोल्डी ब्रार पन्जाबको भटिन्डा जेलमा छन् ।

यो उजुरी प्रशान्त गुञ्जालकरले बान्द्रा प्रहरीमा दर्ता गराएका हुन् । प्रहरीका अनुसार गुञ्जालकर बान्द्रास्थित सलमान खानको घरमा बारम्बार आउने गरेका छन् र कलाकारसँग जोडिएको एउटा व्यवस्थापन कम्पनी चलाउँछन् ।

एफआईआरलाई उद्धृत गर्दै, अधिकारीले पीटीआईलाई दिएको जानकारी अनुसार जब गुंजालकर शनिवार दिउँसो ग्यालेक्सी अपार्टमेन्टमा सलमान खानको कार्यालयमा थिए, उनले ‘रोहित गर्ग’ को आइडीबाट एउटा इमेल आएको देखे ।

उक्त इमेलमा हिन्दीमा लेखिएको थियो, ‘सलमान खानले लरेन्स बिश्नोईको हालैको एउटा न्युज च्यानललाई दिएको अन्तर्वार्ता अवश्य हेर्नुभएको होला, छैन भने हेर्नु होला । यदि सलमान खान यो मामिला बन्द गर्न चाहन्छन् भने उनले गोल्डी भाइ (गोल्ड बरार)सँग आमनेसामने बसेर कुरा गर्नुपर्छ ।’

इमेलमा ‘अहिले पनि समय रहेको’ भन्दै ‘अर्को पटक भने झट्का हेर्न पाइने’ बताइएको छ । यसअघि जून २०२२ मा पनि एक अज्ञात व्यक्तिले सलमान खानलाई धम्की दिएका थिए ।

उक्त धम्कीपछि उनको घर बाहिर सुरक्षा कडा पारिएको छ । रात भरी मुम्बईका जवानले सलमानको बान्द्रास्थित घर ग्यालेक्सी बाहिर गस्ती गरेको भारतीय सञ्चार माध्यमले बताएको छ । प्रहरीले ग्यालेक्सी बाहिर भीडसमेत जम्मा हुन दिइरहेको छैन । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । भइरहेको *राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशन* स्थलमा पानी जमेपछि आयोजकले मोटर प्रयोग गरेर पानी हटाउने काम गरिरहेको छ। मनसुन सक्रिय भएका बेला चितवनमा परेको वर्षाले मैदानमा पानी जमेको थियो। कार्यक्रममा सहभागी प्रतिनिधि र सर्वसाधारणलाई असहज नहोस् भनेर *पम्पिङ मोटर* चलाएर पानी निकाल्ने व्यवस्था मिलाइएको हो। रास्वपाको यो महाधिवेशन नारायणगढ क्षेत्रमा हुँदैछ। हजारौं […]

चितवन । भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशन स्थलमा पानी जमेपछि *गृहमन्त्री माननीय सुधन गुरुङ* स्थलगत अवलोकनमा पुगेका छन्। मनसुन सक्रिय भएर परेको वर्षाले महाधिवेशन हुने मैदान जलमग्न बनेको थियो। त्यसपछि आयोजकले मोटर चलाएर पानी निकालिरहेको छ। गृहमन्त्री गुरुङले त्यही अवस्था बुझ्न पुगेर सुरक्षाकर्मी र आयोजकसँग *उद्धार, जलनिकास र कार्यक्रमको सुरक्षाबारे जानकारी लिएका छन्*। […]

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशन अहिले चितवनमा चलिरहेको छ। तर उद्घाटन हुनुपर्ने मुख्य स्थल गेस्ट चौर पानीले डुबानमा परेको छ। लगातारको वर्षा र जलनिकासको समस्या कारण गेस्ट चौरको मैदान जलमग्न बनेको हो। – महाधिवेशनको तयारी अन्तिम चरणमा पुग्दा अचानक आएको पानीले पण्डाल, कुर्सी, साउन्ड सिस्टम सबै प्रभावित भएको छ। – आयोजकले वैकल्पिक […]

error: Content is protected !!