२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

पर्सा जिल्लाको बिरगंजमा पाइडल रिक्साको यात्रा रमणीय यात्रामा यात्रुहरु

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९


(ABC-Sanchar)
पर्सा । बिरगंज कुनैबेला देशका अधिकांश सहरमा छ्याप्छ्याप्ती देखिने तीन पाङ्ग्रे पाइडल रिक्सा अहिले विस्थापित हुने सँघारमा पुगेको छ । रोजगारीको अभावका बीच नगद कमाइको सहज माध्यम बनेको यो रिक्सा चलाउन पहिले ठुलै संख्यामा मानिस सहर आएर बस्थे र रिक्सा चलाएर आफ्नो र परिवारको गुजारा चलाउँथे । तर, पछिल्लो समय विद्युतीय रिक्साले पाइडल रिक्सालाई विस्थापित गर्दै आएको छ । वीरगञ्ज एउटा त्यस्तो सहर हो जहाँ अहिले पनि पाइडल रिक्साकै क्रेज छ । छोटो दुरीमा दुई जनासम्म यात्रा गर्न अहिले पनि यही रिक्सा प्रयोग हुने गरेको छ ।

बिहान ६ बजेदेखि राति करिब १० बजेसम्म रिक्सा चलाउने गरेको उनको भनाइ छ । कमाइका हिसाबले विद्युतीय रिक्सा र पाइडल रिक्सामा खासै भिन्नता नरहेको उनले बताए । उनले भने, ‘फरक यति छ कि उनीहरु (विद्युतीय रिक्सा चालक)लाई मेहनत अलि कम पर्छ र हामीलाई बढी ।’ व्यापारिक केन्द्र रहेको वीरगन्जमा व्यापार व्यवसाय गर्नेहरु तथा किनमेल गर्नेहरुको बाक्लो उपस्थिति हुन्छ । उनले भने, ‘सामान ओसारपसार पनि धेरै हुन्छ यहाँ । विद्युतीय रिक्साले रोडमै सामान झारिदिन्छ । तर हामीले ५ तलामाथिसम्म बोकेरै सामान लगिदिने गरेको हुँदा पाइडल रिक्साप्रतिको आकर्षण कम भएको छैन ।’

विदेशी पर्यटकहरुको रोजाईमा पनि पाइडल रिक्सा नै पर्ने गरेको उनले बताए । भारतको बिहार घर भइ करिब दुई दशकदेखि वीरगन्जमा रिक्सा चलाउँदै आएका जित साहको अनुभव पनि भगतकै जस्तो छ । उनी भन्छन्, ‘पाइडल रिक्सा गल्लीगल्लीमा पुग्छ, अरु रिक्सा सबै ठाउँमा जाँदैन । त्यसैले अटो रिक्सा आए पनि पाइडल रिक्साको भविष्यमा कुनै असर परेको छैन ।’

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश प्रसाद लाठले पनि सबै ठाउँमा विद्युतीय रिक्सा नजाने भएकाले पाइडल रिक्सा वीरगन्जबाट विस्थापित नभएको बताए । उनले भने, ‘कतिलाई त एक्लै जानुपर्ने हुन्छ । तर, इलेक्ट्रिक रिक्सालाई ४÷५ जना नै चाहिन्छ । इलेक्ट्रिक रिक्सालाई घरमा बोलाउँदा आउँदैन । पाइडल रिक्सा घरमै आइपुग्छ । त्यस हिसाबले पनि सर्वसाधारणको रोजाइमा पाइडल रिक्सा पर्ने गरेको छ रातोपाटी।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]