२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

प्रदेश १ नम्बरको मुख्यमन्त्री कार्कीलाई ओखलढुङ्गामा कालो झण्डा गाडी तोडफोड

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९

 ABC (क्राईमबिट) काठमाडौं । प्रदेश १ को नाम कोशी प्रदेश नामाकरण गरेपछि यतिबेला पहिचान पक्षधरले विरोधका कार्यक्रमलाई तिव्र बनाएका छन् ।

आइतबार विराटनगरसहित प्रदेशका जिल्लाहरुमा वृहत विरोध जनप्रदर्शन गरिएको थियो । यसबीच आज खानेपानीको उद्घाटन गर्न ओखलढुङ्गा पुगेका प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका छन् ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा खानेपानी आयोजनाको उद्घाटन गर्न पुगेका मुख्यमन्त्री कार्कीलाई किराँत राई यायोख्खा नेतृत्वको टोलीले गोरु मारे भञ्ज्याङमा कालो झण्डा देखाएको हो ।

प्रदेशको नाम कोसी राखेको विरोधमा उत्रिएका पहिचानवादीहरूले मुख्यमन्त्रीको गाडीलाई अवरोध समेत गरेको छ । आन्दोलनकारीले अवरोध गरेपछि प्रहरीले स्कटिङ गर्दै मुख्यमन्त्रीको गाडी गन्तव्यतर्फ पठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]