२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रदेश १ नम्बरको मुख्यमन्त्री कार्कीलाई ओखलढुङ्गामा कालो झण्डा गाडी तोडफोड

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९

 ABC (क्राईमबिट) काठमाडौं । प्रदेश १ को नाम कोशी प्रदेश नामाकरण गरेपछि यतिबेला पहिचान पक्षधरले विरोधका कार्यक्रमलाई तिव्र बनाएका छन् ।

आइतबार विराटनगरसहित प्रदेशका जिल्लाहरुमा वृहत विरोध जनप्रदर्शन गरिएको थियो । यसबीच आज खानेपानीको उद्घाटन गर्न ओखलढुङ्गा पुगेका प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका छन् ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा खानेपानी आयोजनाको उद्घाटन गर्न पुगेका मुख्यमन्त्री कार्कीलाई किराँत राई यायोख्खा नेतृत्वको टोलीले गोरु मारे भञ्ज्याङमा कालो झण्डा देखाएको हो ।

प्रदेशको नाम कोसी राखेको विरोधमा उत्रिएका पहिचानवादीहरूले मुख्यमन्त्रीको गाडीलाई अवरोध समेत गरेको छ । आन्दोलनकारीले अवरोध गरेपछि प्रहरीले स्कटिङ गर्दै मुख्यमन्त्रीको गाडी गन्तव्यतर्फ पठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]