२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

म्युजियममा हेलिकोप्टरसँगै सिद्धबाबाको मूर्ति र स्विमिङ पुलसहित महेन्द्रनगरमा

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९

(ABC-Sanchar) धनगढी । महेन्द्रनगरमा एयरक्राफ्ट म्युजियम स्थापना भएको छ । डेढ करोडको लगानीमा उक्त म्युजियम स्थापना गरिएको हो । महेन्द्रनगर बजारसँगै जाडिएको भासीमा क्याप्टेन बेद उप्रेतीले म्युजियम स्थापना गरेका हुन् । नौ वर्षअघि धनगढीमा स्थापना गरिएको म्युजियम जमिन अभावका कारण नेपालगन्ज सारिएको थियो । त्यही म्युजियमलाई महेन्द्रनगरमा स्थापना गरिएको हो । यस क्षेत्रको पर्यटकीय विकाससँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र हवाई क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आकर्षित गर्न म्युजियम स्थापना गरिएको हो । ‘नयाँ पर्यटकीय गन्तव्यका रूपमा यसलाई स्थापना गर्न खोजिएको हो,’ शनिबार म्युजियमको औपचारिक शुभारम्भ गर्दै क्याप्टेन उप्रेतीले भने, ‘हवाई क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि पनि यसले सहयोग पुर्‍याउनेछ ।’ कस्मिक एअरको पुरानो फोकर १०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट बनाइएको हो ।
यसमा एकै पटक सय जनाले अवलोकन गर्न सक्छन् । अवलोकनकर्ताले विमानको ककपिट र उडानका विषयमा पनि जानकारी लिन सक्ने उप्रेतीले बताए । एयरक्राफ्टभित्र सुदूरपश्चिमका पर्यटकीय स्थलका तस्बिरसँगै म्युजियमबारे १० मिनेटको वृत्तचित्र पनि राखिएको क्याप्टेन उप्रेतीले बताए । उनका अनुसार म्युजियमभित्र अवलोकन गर्न आउनेका लागि रेस्टुरेन्टसमेत सञ्चालन गरिएको छ । क्याप्टेन बेद उप्रेती ट्रस्टले महेन्द्रनगरमै सञ्चालन गरेको महेन्द्रनगर म्युजियमसँगै एयरक्राफ्ट म्युजियम पनि सञ्चालनमा ल्याइएको हो । महेन्द्रनगर म्युजियममा हेलिकोप्टरसँगै सिद्धबाबाको मूर्ति र स्विमिङ पुलसमेत राखिएको छ । यसका साथै उल्टो म्युजियम पनि सञ्चालन गरिएको छ ।

महेन्द्रनगर म्युजियम डेढ वर्षअघि सुरु गरिएको हो । उल्टो म्युजियम भने यसै वर्षदेखि सुरु भएको हो । यहाँ स्थापना भएको म्युजियमले भारतीय पर्यटकसमेत आकर्षित गर्न सक्ने क्याप्टेन उप्रेतीले बताए । ‘भारतको उत्तराखण्ड र उत्तर प्रदेशका पर्यटकलाई भित्र्याउन सकिन्छ,’ उनले भने, ‘म्युजियम मात्रै नभएर यहाँका अन्य पर्यटकीय स्थलको विकासमा समेत यसले सहयोग पुग्नेछ ।’ धनगढीमा झन्डै १० वर्षअघि म्युजियम स्थापना हुँदा निकै आकर्षण थियो । अवलोकन गर्नेको भीडले उप्रेतीलाई महेन्द्रनगरमा हेली म्युजियम सञ्चालनका लागि हौस्यायो । महेन्द्रनगरमा आफ्नै जमिनको स्थायित्व भएकाले म्युजियम अब अन्यत्र नसारिने बताउँदै उनले दुई साताभित्रै भारतबाट दुईवटा ऊँटसमेत भित्र्याउन लागेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]