२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

चितवन सौराहामा बाघले मार्‍यो घडियाल गोही

Logo
प्रकाशित मंगलबार, चैत्र ०७, २०७९

 (ABC-Sanchar) चितवन । सौराहा नजिकैको बाघमारा मध्यवर्ती सामुदायिक वनको सिमाना भएर बग्ने बुढी राप्ती खोलाको किनारमा मंगलबार बिहान एउटा पोथी घडियाल गोही मृत फेला परेको छ ।

गोहीलाई बाघले आक्रमण गरेर मारेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । घडियाल सफा पानी बग्ने नदी र खोलामा बस्छ । अन्डा दिने बेलामा पानी बाहिर निस्केर बालुवाको ढिस्को खोस्रेर गुँड बनाउँछ । घडियाल गोही दुर्लभ जीव हो ।
त्यसैगरी बाघले घडियाल मारेको घटना पनि निकै कम हुने घडियालको क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेर सरकारी सेवाबाट अवकाश पाएका पूर्वसहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले सुनाए । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तमाङले गत वर्ष सोही क्षेत्रमा बाघले मगर गोही मारेको बताए । ‘अहिले पनि घडियाललाई बाघले मारेको हो । जहाँ घटना भयो त्यहाँ बाघको पाइलैपाइला छ । अलि परसम्म घिसारेर लगेको पनि छ‚’ तमाङले भने । गोहीले बुढी राप्ती खोला किनारमा अन्डा दिन गुँड बनाउने गर्थ्यो । गोहीको उमेर अन्दाजी २५ वर्षको थियो ।’

चैतको पहिलो सातादेखि घडियाल गोहीले अन्डा दिन सुरु गर्ने खड्काले बताए । चितवन निकुञ्जमा कार्यरत हुँदा खड्का कसराको घडियाल गोही प्रजनन केन्द्रका प्रमुख थिए । गोहीको अन्डा संकलन गर्न र प्रजनन केन्द्रमा राख्न उनी नदी किनार धाउने गर्थे । ‘२० वर्ष त्यसरी हिँड्दा बाघले मारेको गोही जम्मा दुई-चारवटा भेटेकझ हुँ । गोही बाघको आहारा होइन । पानीमा बस्ने जीव नभएर बाघको आहारा जमिनमा बस्ने मृग, बँदेल र अरू हुन् । तर‚ बाघले कहिलेकाहिँ अन्य जीव जनावरलाई पनि आहारा बनाउँछ‚’ खड्काले भने । गुँडमा अन्डा दिएर कुरेर बसेका ठूला माउ घडियाल बाघको आक्रमणमा पर्न सक्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]