२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

ओझेलमै स्वर्गद्वारी महाप्रभुको जन्मभुमी रुण्टी

Logo
प्रकाशित मंगलबार, चैत्र ०७, २०७९


(नन्दराम खड्का)
रोल्पा । स्वर्गद्वारी महाप्रभुको जन्मभुमी रोल्पाको रुण्टीगढी गाउँपालिका वडा नम्बर ९ मा अवस्थित रुन्टी ओझेलमा परेको छ।जहाँ न त कुनै बिकासका पुर्बाधारले छुन सकेको छ।नत आकर्षक मठमन्दिर लगाएत भौतिक संरचना नै निर्माण गरिएको छ। रुण्टीगढी गाउँपालिका भित्रका धार्मिक ऐतिहासिक पर्यटकिय स्थलहरु मध्य सबैभन्दा अगाडि आउने नाम भने रुण्टी नै हो।महाप्रभुकै तपोभुमी प्युठानको स्वर्गद्वारी अन्तराष्ट्रिय स्तरमै चर्चित बनेको छ।जहाँ दैनिक सयौँ,हजारौँ आन्तरिक तथा बाइह्य पर्यटकहरु आउने गर्दछन्।भारत बाट मात्रै बर्षेनि लाखौँ पर्यटक भित्र्याएर उल्लेखनीय रूपमा लाभ ल्याइरहेको छ।तर रुन्टीमा भने पर्यटकहरु आउँने गरेका छैनन्।धार्मिक र ऐतिहासिक हिसाबले निकै महत्व बोकेको रुन्टी सुनसान जस्तै बनिरहेको छ।रुन्टीसम्म पुग्नको लागि न गतिलो मोटरबाटो छ नत यहाँ गतिलो संरचनानै बन्न सकेका छन्।स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाको नामाकरणनै महाप्रभुसंग जोडिएको छ।महाप्रभुको जन्मस्थल रुन्टी र तपोभुमी गढीलेकबाट गाउँपालिकाको रुन्टीगढी नामाकरण गरिएको हो।तर तपोभुमी प्युठानको स्वर्गद्वारी राष्ट्रियसंगै अन्तरास्ट्रिय स्तरमै चर्चित बनिरहदा रुन्टी भने ओझेलमै रहेको छ।यस अघि बालाराम बुढा नेतृत्व स्थानिय सरकारले पर्यटन बिकासका नाममा होलेरीमा रुन्टीगढी बिकास सम्मेलन,होलेरी राष्ट्रिय अक्षर महोत्सव र मिडिया सम्मेलन जस्ता खर्चिला सम्मेलन गरेको थियो।तर रुन्टीसम्म जाने पुर्वाधारनै तय नगरि खर्चिला कार्यक्रम गर्दा जिर्ण सडकका कारण अतिथि रुन्टीसम्म पुग्न सकेका थिएनन्।सबैभन्दा पहिले रुन्टीसम्म पुग्ने मोटरबाटो कालोपत्रे हुनुपर्ने स्थानियहरुको माग छ।पुराधार,भौतिक संरचना र प्रचारप्रसारको अभावले आफुहरुले अपेक्षा गरे अनुसारको पर्यटक रुण्टी आउँन नसकेको रुण्टी आश्रम रोल्पाका अध्यक्ष घनश्याम खड्काले चिन्ता ब्यक्त गरे।अहिले स्वर्गद्वारी आश्रमले रुन्टीमा २ जना पण्डित र केहि गाई पठाईदिएको अध्यक्ष खड्काले जानकारी दिए।प्रभुमहाराजको तपोभुमीमा दैनिक सयौँ हजारौं आन्तरिक तथा बाइह्य पर्यटकहरु आउँदा रुन्टीमा १ जनापनि पर्यटक नआउँनु दु:खद रहेको स्थानीयहरुको गुनासो रहेको छ।बालाराम बुढा नेतृत्वको स्थानिय सरकारले पर्यटन बिकासका लागि कार्यक्रमहरु केहि कार्यक्रमहरु गरेपनि जनक पुन नेतृत्वको सरकारले कार्यकालको १ बर्ष पुग्न लाग्दासम्म कुनै लक्षित कार्यक्रम नगरेको स्थानियहरुको भनाई रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]