२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एआईजी थापा र डिआईजी उपाध्य ३० बर्ष आफ्नो कार्यकाल पुरा गरेर बिदा

Logo
प्रकाशित शुक्रबार, चैत्र १०, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा ३० बर्ष अविछिन्‍न देश र जनताको सेवा र सुरक्षामा समर्पित भई सेवा निवृत्त हुनु भएका यस प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाज्यू र निर्देशक प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायज्यूलाई आज मिति २०७९ चैत १० गते यस प्रतिष्‍ठानमा एक समारोहबीच बिदाई गरियो । उक्त कार्यक्रममा सेवा नेवृत्त हुने सम्पुर्ण बरिष्‍ठ प्रहरी अधिकृतहरुको संक्षिप्‍त जीवनी वाचन गरिएको थियो । बिदाई भई जानु हुने प्रहरी वरिष्‍ठ अधिकृतहरुले छोटो मन्तव्य समेत व्यक्त गर्नु भएको थियो ।

नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्ष दुर्गा सिंहज्यू, अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार के.सि.ज्यू, नेपाल प्रहरी युक्ति महाविद्यालय जर्गाहाका प्राचार्य प्रहरी वरिष्‍ठ उपरीक्षक मधुसुदन लुईटेलज्यू र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका सह निर्देशक प्रहरी वरिष्‍ठ उपरीक्षक योज्ञ विनोद पोखरेलज्यूले बिदाई भई जानु हुने कार्यकारी निर्देशकज्यू र निर्देकज्यूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशकज्यू, प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्ष एवमं श्रीमती लक्ष्मी थापाज्यू साथै अन्य पदाधिकारीज्यूहरू, अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यज्यू, नेपाल प्रहरी युक्ति महाविद्यालय जर्गाहाका प्राचार्यज्यू, यस प्रतिष्ठानका सह निर्देशकज्यूहरू, विदाई भई जानु हुने वरिष्‍ठ प्रहरी अधिकृतज्यूहरुको पारिवारिक सदस्य तथा रा.प्र.प्र.प्र. प्रतिष्‍ठान, र नेपाल प्रहरी संगीत विद्यालयका प्रहरी अधिकृत तथा हवल्दार जवानहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]