२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

आइजिपी कुँवरको पदभार आइतबार हुने एआइजीहरुको पदस्थापन अझै भएन

Logo
प्रकाशित शनिबार, चैत्र ११, २०७९

ABC (क्राईमबिट) काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आइतबार दज्र्यानी चिन्ह लगाउने भएका छन् । गृहसचिव विनोदप्रकाश सिंहबाट उनले आइतबार बिहान दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ ।

आइतबार नै उनले प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । शनिबारदेखि महानिरीक्षकको कमान्ड सम्हालेपनि बिदाको दिन भएकाले आइतबारदेखि मात्र उनले औपचारिक रुपमा प्रहरी कमान्ड सम्हाल्नेछन् ।

यता अन्य एआइजीको भने पदस्थापन भएको छैन । एआइजीहरु टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य गत सोमबार बढुवा भएकोमा बुधबार फुली लगाएका थिए । फुली लगाए पनि जिम्मेवारी नपाउँदा उनीहरु घरमै बसिरहेका छन् ।
साथै एआइजीको थप चार दरबन्दी रिक्त भएको छ । एआइजी, डिआइजी लगायत रिक्त पदमा बढुवाको कहिले हुने अन्योल छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]