२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पर्सामा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा वृक्षा रोपण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बुधबार, चैत्र १५, २०७९


(ABC-Sanchar)
पर्सा । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र वीरगंज आदर्शनगर वार्ड नं १० को आयोजना र वीरगंज महानगरपालिका तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति भरतपुर चितवनको सयुक्त आयोजना तथा वीरगंज महानगरपालिका को सहयोगमा जिल्ला पर्सा वीरगंज म.न.पा.वडा नं.१० स्थित आदर्शनगर होजारी महल पार्किङ र विभिन्न स्थानमा वृक्षा रोपन गरेको हो।

वृक्षा रोपन गर्दै वीरगंज महानगरपालिकाका उप-प्रमुख आलमले भने बिरुवाले मानिस लगायत जिवजन्तुहरु लाइ नै आवश्यक पर्ने हो आफ्नो घर र घरको परिसर हरियाली होस् भन्ने चाहना हुन्छ र हामीले हाम्रो वातावरणलाई स्वछ पार्न र हाम्रो समाज प्रतिको दायित्व निभाउन साथै स्वासप्रस्वास लिन मदत पुग्छ त्यहि भएर वृक्षा रोपन कार्यक्रम गरेको बताए।

वृक्षारोपण कार्यक्रममा म्यागो स्टिक १००थान निमको बिरुवा ५० थान गरि जम्मा १५० थान बिरुवा वृक्षरोपण गरीएको हो।

वृक्षारोपण कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप-प्रमुख ईमतियाज आलमको उपस्थितिमा र ग्रिनसिटी समुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्र.जि.अ.हिरालाल रेग्मी, जिल्ला प्रसासन कार्यालय पर्साका स.प्र.जि.अ. भिमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय पर्सा का प्र.उ. कोमल शाह,वडा प्रहरी कार्यालय विर्ता प्र.नि.बिदुर सिवाकोटी र बिभिन संघ संस्था,बुद्धिजीवी स्थानिय निकाईहरु तथा ग्रिनसिटी समुदायिक सेवा केन्द्र का पदाधिकारीहरुको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]