२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङबाट काठमाण्डौको लागि उडेको सिता एयर नेपालगञ्जमा यात्रुहरु अलपत्र

Logo
प्रकाशित बुधबार, चैत्र १५, २०७९

 (महेन्द्र सिंह) बाँके । बिहान ११ बजे दाङको टरिगाउँ एयरपोर्टबाट काठमाण्डौका लागि उडान भरेको सिता एयरको जहाज नेपालगञ्ज विमान स्थलमा अवतरण भएपछि यात्रु र विमानका कर्मचारीबीच केहीबेर भनाभन भएको थियो । विमानका कर्मचारीले राराबाट आकस्मिक उडान भर्नुपर्ने भन्दै यात्रुलाई ओरालेर त्यहाँबाट जहाजले अन्यत्र उडान भरेको थियो ।

१२ जना यात्रु लिएर उडेको जहाज सवा ११ बजे नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो । यता सिता एयरका क्षेत्रिय डाइरेक्टर विनोद मिश्रलाई सम्पर्क गर्दा उहाँको मोबाइल सुइच अफ भएका कारण सम्पर्क हुन सकेन । यात्रुलाई काठमाण्डौ भनेर नेपालगञ्ज लगेर ओराल्नु सिता एयरको गम्भिर लापरवाही भएको घोराहीको रतनपुर निवासी यात्रु लक्ष्मी पहराईले बताउनुभयो ।

‘साढे १ बजे भनेर मंगलबार टिकट काटेकी थिए । त्यहीदिन साँझ नै बुधबारका लागि बिहान ९ बजे एयरपोर्टमा आउनुहोला भन्ने खबर आयो । ९ बजे एयरपोर्टमा पुगेपछि ११ बजे जहाज काठमाण्डौका लागि उड्यो । ११ः१५ मा नेपालगञ्ज बिमास्थलमा अवतरण भयो । किन यहाँ झारेको भनेर विमान कर्मचारीलाई भन्दा मुगुकाे राराबाट आकश्मिक उडान भर्नुपर्ने भयो भन्दै अन्यत्र उड्यो ।’ लक्ष्मी पहरालाइले तुलसीपुर खबरसंग भन्नुभयो । उहाँ शुक्रबार जापान जानका लागि २ बर्षको दुधे बच्चालाई लिएर काठमाण्डौ जान जहाजमा चढ्नु भएको थियो ।

विमानका कर्मचारीले सुरुमा अर्को जहाजमा व्यवस्थापन गरेर पठाउँछौ भनेर आक्रोशित यात्रुलाई शान्त लगाएपछि कुनै मतलव नगरेको पहराइले बताउनुभयो । सिता एयरले कुनै व्यवस्थापन नगरेपछि आफू बुद्ध एयरको जहाजमा काठमाण्डौ पुगेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]