२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सिन्धुलीगढीमा अमेरिकी, बेलायती भारतीय पाकिस्तानी नेपाली सेनाहरु

Logo
प्रकाशित शुक्रबार, चैत्र १७, २०७९

 ABC (क्राईमबिट) सिन्धुली । चार देशका सेनाको टोलीले शुक्रबार ऐतिहासिक सिन्धुलीगढीको अवलोकन गरेको छ । अमेरिका, बेलायत, भारत र पाकिस्तानका सैनिक अधिकारीहरूले सिन्धुलीगढीको भ्रमण गरेर ऐतिहासिक महत्त्वबारे जानकारी लिएका थिए ।

नेपाली सेनाको आमन्त्रणमा ती देशका ८ जना आवासीय सैनिक सहचारीहरुलाई अवलोक भ्रमण (स्टाफ राइड) गराई सिन्धुलीगढीको महत्त्वको बारेमा प्रकाश पारिएको थियो । नेपाली सेनाको हेलिकोप्टरबाट आएको टोलीले सिन्धुलीगढी परिसरमा चार घण्टा बिताएका थियो ।
सिन्धुलीगढीको महत्त्वबारे प्रकाश पारेका अन्वेषणकर्ता सागरकुमार ढकाललाई बेलायती सेनाका कर्णेल पल स्मिथले नेपाल एकीकरणका क्रममा सिन्धुलीगढीमा भएको युद्धमा ब्रिटीस सेना पराजित हुनुको कारण बारे पटक–पटक सोधेका थिए । आधुनिक हतियारले सुसज्जित ब्रिटीस कम्पनी सेनाको पराजयबारे उनको लामो जिज्ञासा थियो । जवाफमा अन्वेषणकर्ता ढकालले वीर गोर्खाली सेनाले आफ्नो देशको अस्तित्व रक्षाका लागि घरेलु हतियार तथा रैथाने किरा र अल्लो, सिस्नोको सहारामा मनैदेखि लडेकाले जित भएको स्मरण गराएका थिए ।

सिन्धुलीगढीबारे जानकारी लिएपछि सेनाले निर्माण गरेको नेपालकै पहिलो युद्ध संग्रहालयको सहचारी सेनाहरुले अवलोकन गरेका थिए । कमलामाइ नगरपालिका मातहत रहेको युद्ध संग्रहालयमा तत्कालीन युद्धका बेला प्रयोग गरिएका घरेलु हतियारबारे मेयर उपेन्द्रकुमार पोखरेलले जानकारी दिएका थिए ।

युद्ध संग्रहालयमा संग्रहित गर्न स्थानीयका घरमा भएको घरेलु हतियार भरुवा बन्दुक, तरबार, खुँडा, खुकुरी, तीर अनुरोध गरेरै संकलन गरिएको मेयर पोखरेलले बताएका थिए । टोलीलाई ठूलोगढीमा रहेको तोप हान्ने प्वाल, इनार लगायत क्षेत्र देखाइएको थियो । गढीबाट आडासम्म हिँडाएर स्थानको अवलोकन गराइएको थियो । आडामा रहेको तत्कालीन ढोकालाई सैनिक सहचारी सैनिकहरुले चाखपूर्वक हेरेका थिए ।

नेपाल एकीकरणका बेला तत्कालीन काठमाडौंका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न ब्रिटीस सेनाका कप्तान किनलोकको नेतृत्वमा आएको इष्ट इण्डिया कम्पनीका दुई हजार चार सय फौजलाई वंशु ग्रुप नेतृत्वको गोर्खाली फौजले सिन्धुलीगढी युद्धमा घरेलु हतियारको सहाराले पराजित गरेको इतिहास पाइन्छ । नेपाली सेनाको ९ नं बाहिनीपती शक्तिजंग बस्नेत र बर्दबहादुर गणका गणपति रमेश थापाले मित्रराष्ट्रका सैनिक सहचारीहरुलाई नेपाली सेना र सिन्धुलीगढीका विषयमा व्याख्या गरेका थिए । भारतीय सेनाका कर्णेल अमित शर्माले ऐतिहासिक गाथा बोकेको सिन्धुलीगढीमा आएर आफू प्रफुल्ल भएको बताए कान्तिपुरबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]