
(मेगमन बुढा)
दाङ । आगोले जलेर उपचाररत रहेकी राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकाका बिमला पुन मगरलाई आर्थिक सहयोग भएको छ ।
करिब डेढ महिनादेखि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत रहनु भएकी बिमलालाई शुक्रबार सामाजिक अभियनता सम्झना बुढाको पहलमा संकलन भएको ५० हजार नगद रकम हस्तान्तरण गरिएको हो ।
बिरामी अबस्थामा रहेकी बिमला आफ्नै घरमा ८ महिनाकी छोरीसंग आगो तापेर बसिरहेको समयमा एक्कासी बेहोस भएर आगोमा जलेर गम्भीर घाइते भएकी बिमलाको दुबै खुट्टा र हात जलेको उहाँका पारिवारिक श्रोतले बताएको छ । बिमलालाई घरबाट स्थानीयले बोकेर अस्पताल पुराएका थिए ।
बिमलाको आर्थिक अबस्था कम्जोर रहेको हुँदा उपचार गर्न साह्रै गाह्रो भएको थियो । तर आगोले जलेकी बिमलालाई उपचार गर्न गाह्रो भएको खबर पाउदा साथ यता सामाजिक अभियन्ता सम्झनाले आर्थिक संकलन कार्यको अभियान सुरु गर्नु भयो । देश,बिदेशमा रहनु भएका आफन्तसंग बिमलाको उपचारमा भएको समस्या बताएपछि सम्पूर्ण आफन्त र साथीहरुले तत्काल उपलब्ध गराएको उक्त रकमलाई सम्झनाले शुक्रबार बिमलाका आफन्तलाई अस्पतालमै पुगेर हस्तान्तरण गर्नु भएको हो ।
त्यस्तै उक्त आर्थिक सहयोग रकम हस्तान्तरण गर्दै
सामाजिक अभियन्ता सम्झनाले यस अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ । बिमलाको उपचारमा अझै धेरै रकम लाग्ने भएको हुँदा पुनःउपचारको लागि सहयोग संकलन कार्यमा सहयोग गर्न सम्पूर्णमा हार्दिक अपिल समेत गर्नु भएको छ ।
बिमलालाई शुक्रबारनै थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । बुटवल प्रस्थान गर्दैगर्दा बिमलाले आफ्नो उपचारमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै अझै सहयोग गर्न सम्बन्धित निकाय र सहयोगी मनलाई अनुरोध गर्नु भएको छ । बिमलाका श्रीमान रोजगारीको सिलसिलामा भारत गएको र उहाँ सवारी दुर्घटनामा परि मानसिक अबस्थामा ठिक नभएको पारिवारिक श्रोतले बताएको छ ।