०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

प्रशासन मन्त्रालयले १८ जना सहसचिवको सरुवा,नामावलीसहित

Logo
प्रकाशित आइतबार, चैत्र १९, २०७९


(ABC-Sanchar)
काठमाडौँ । १८ जना राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को सरुवा गरिएको छ । केही दिन अघिको मन्त्रिपरिषद् निर्णय अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूलाई कामकाज तथा सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामकृष्ण लामिछाने, विन्देश्वर प्रसाद लेखक, बद्रीनाथ गैह्रे, पार्वती अर्याल र शिवकुमार कार्कीलाई क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह) बुटवल उपमहानगरपालिका, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद रेग्मीलाई सामाजिक विकास मन्त्रालय सुदूर पश्चिमको प्रदेश सचिव, अस्मान तामाङलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बाग्मती प्रदेश सचिव र त्यहाँका सुरेश राउतलाई गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाका डा. नरहरिप्रसाद घिमिरेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश र त्यहाँ कार्यरत डा. लेखराज दाहाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ल्याइएको छ ।

प्रशासनलाई प्राप्त विवरण अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी डा. सुधा देवकोटालाई स्वास्थ्य मन्त्रालय कोशी प्रदेश, विराटनगर र त्यहाँका अनुज भट्टचनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय दलित आयोगका नारायण प्रसाद शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीका कृष्ण प्रसाद सापकोटालाई राष्ट्रिय दलित आयोगमा सरुवा गरिएको छ ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका प्रदेश सचिव बद्रीराज ढुङ्गानालाई वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, लुम्बिनी प्रदेश(फाजिल) का प्रदेश सचिव दीपकराज नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, वन तथा वातावरण मन्त्रालयका सहसचिव विनोद प्रसाद देवकोटालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका प्रदेश सचिव नवराज पुडासैनीलाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको विवरण प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त भएको छ ।

पछिल्लो समय सरकार कर्मचारी सरुवामै रुमल्लिएको देखिन्छ । विगत केही वर्षयता हरेक जसो सरकार गठन लगत्तै कामको थालनी नै कर्मचारी सरुवाबाट गर्ने गरेका छन् तर त्यसअनुसार उल्लेख्य काम तथा फरक भने केही देखिँदैन । जसले कर्मचारीतन्त्रलाई अस्थिर बनाएको छ भने कामकारबाही ढिलासुस्तीका कारणमध्ये एक प्रमुख कारण सरुवा बन्दै गएको छ । यसलाई व्यवस्थित गर्न जरुरी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

error: Content is protected !!