
(सागर थापा) राजबिराज । मधेस प्रदेश तालिम केन्द्र जनकपुरमा फाल्गुन ३० गतेबाट संचालित १६ कार्यदिन अवधिको महिला तथा बालबालिकासंग सम्बन्धित अपराध अनुसन्धान (प्र.ज. देखि प्र.व.ह.) तालिम सातौं समुहको चैत्र १९ गते यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच समापन भयो । उक्त कार्यक्रममा तालिम संयोजक प्र.नि.राजन लम्सालले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने प्र.ना.नि. सिता पछाईले कार्यक्रम संचालन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र, वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।