०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

पूर्व खानेपानी मन्त्री अब्दुल खान भारतीय गिरोहको सेक्स ट्रयापमा परे भिडियो भाइरल

Logo
प्रकाशित बुधबार, चैत्र २२, २०७९


(ABC-Sanchar)
काठमाडौं । जनमत पार्टीका नेता तथा पूर्व खानेपानी मन्त्री अब्दुल खान सेक्स ट्रयापमा परेका छन् । भारतीय गिरोहको सेक्स ट्रयापमा परेका खानको भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल भएको छ ।

सुरुमा युवतीको तस्बिर र नाममा फेसबुकबाट प्रवेश गरेका भारतीय गिरोहले मन्त्री खानसँग केही दिन प्रोफेसनल कुराकानी गरेपछि एकाएक ह्वाट्सएपमा सम्पर्क गरी अश्लील हर्कत सुरु गरेका थिए । त्यसपछि पूर्वमन्त्री खानले पनि अश्लील हर्कत गरेको भिडियोमा देख्न सकिन्छ ।

ह्वाट्सएपमा भएको भिडियो कलको स्क्रिन रेकर्ड गरी भारतीय गिरोहले पूर्वमन्त्री खानसँग रकमको बार्गेनिङ गरेको बुझिएको छ । खानले रकम दिन इन्कार गरी फेसबुकमा जोडिएका गिरोहका सदस्यलाई ब्लक गरेपछि गिरोहका सदस्यले उक्त भिडियो खानका फेसबुकमा जोडिएका अन्य व्यक्तिहरूलाई पठाएका थिए । सोही भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल बनेको छ ।

उक्त भिडियो के कसो भएको हो भन्ने प्रश्नमा पूर्व मन्त्री खानले सुरुमा फेसबुकमा साथी बनेर व्यवहारिक कुराकानी गरेकी ‘युवती’ले पछि ह्वाट्सएपमा भिडियो कल गरेर अश्लील भिडियो बनाएको स्वीकार गरे ।

पूर्वमन्त्री खानले भने, ‘मलाई भारतीय गिरोह नै हो भन्ने लाग्छ । मसँग रकमको बार्गेनिङ भने भएन । सुरुमा त्यस्तो अश्लील भिडियो थिएन, त्यो भिडियो जोडिएको हो जस्तो लाग्छ । जब पछि अश्लीलता देखाउन थालियो, त्यसपछि मैले भिडियो कल काटेर ब्लक गरेको हुँ ।’

यस सम्बन्धमा कहीँ कतै उजुरी गर्नुभएको छ कि छैन भन्ने प्रश्नमा पूर्वमन्त्री खानले भने, ‘म यतिबेला नेपालगञ्जमा छु । यस विषयमा मैले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिसकेको छु । केही व्यक्तिहरूलाई पक्राउ पनि गरिसकिएको छ ।’

पूर्वमन्त्री खानले उक्त भिडियो इडिट गरी तयार पारिएको र आफूले कुनै अश्लील हर्कत नगरेको समेत दाबी गरे । उनले भने, ‘अनुहार मेरो हो, तर त्यहाँ यौन अङ्ग देखाएर अश्लील बनाइएको छ, त्यो मेरो होइन । त्यस विषयमा सायद भारतमा पनि अनुसन्धान भइरहेको होला ।’

भारतीय र पाकिस्तानी गिरोहले सेक्स ट्रयापमा पारी ठगी र ब्ल्याकमेल गर्ने गरेको बारे २०७८ माघ १७ गते नै रातोपाटीले समाचार तयार पारेको थियो ।
स्रोत :- समाजिक संजालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!