२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

चितवनको सौराहामा अज्ञात समुहले एक हात्तीको सुँड काटियो प्रहरीको अनुसन्धान

Logo
प्रकाशित बुधबार, चैत्र २२, २०७९

ABC (क्राईमबिट) चितवन । गएराति ११ बजेको समयमा अज्ञात समुहले दिपक खतिवडाको चनचलकली हात्तीको सुँड छिनाएको हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारीले जानकारी दिए।

राती माउतेहरु सुतेको समयमा आएर हात्तीलाई आक्रमण गरेका हुन्। ‘माउतेहरु सुतेका रैछन्। एक्कासी हात्ती ठुलो स्वरले कराएर हेर्न जाँदा सुँड छिनाएको देखेछन्,’ उनले भने ‘सुँडको एक किलो जति मासु छिनेको छ।’ हात्ती रेखदेख गर्ने समुहबाट नै यस्तो हुन सक्ने व्यवसायीले अनुमान गरेका छन्। राती नै डाक्टर बोलाएर प्राथमिक उपचार गरेको उनले बताए।

हात्तीको सुँडको फिङ्गरको भाग काटिएको छ। जसले हात्तीलाई खाना समेत समस्या हुने उनले बताए। ‘हात्तीले पानी खाने नै सुँडले हो। त्यो काटिएको छ,’ उनले भने ‘हामीलाई कसरी खुवाउने भन्ने चिन्ता थपिएको छ।’ हात्ती ४५ बर्षको बुझिएको छ।
अहिले सौराहामा पर्यटकको संख्या बढी छ। यस्तो समयमा हात्तीहरु बिजि छन्। सौराहामा ३२ वटा निजि हात्ती छन् नागरिक ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]