२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पुर्व प्रधानमन्त्री ओलिलाई लिन सिमरा विमान गएको गाडी कार्यक्रर्ताहरु फिर्ता गरे

Logo
प्रकाशित बुधबार, चैत्र २२, २०७९

(ABC-Sanchar)
बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सिमरा विमानस्थलमा लिन नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुद्दीन अन्सारीले पठाएको गाडी कार्यकर्ताहरु ले फिर्ता पठाएका थिए । नेपाल पिछडावर्ग (ओबिसी) महासंघको राष्ट्रिय महाधिवेशन काे उदघाटन गर्न बुधबर वीरगन्ज आउनुभएका अध्यक्ष के.पि. ओली लाई लिन नेता कार्यकर्ताहरु सिमरा विमानस्थलमा पुगेकाे थियाे ।

नेकपा एमालेबाट कारवाहीको सिफारिसमा परेका वसरुद्दीन अन्सारीले अध्यक्ष ओलीलाई लिन आफ्नो निजी सुविधा सम्पन्न गाडी पठाएपछि कार्यकर्ताहरुले विवाद गरेर फिर्ता पठाएका थिए । कार्यकर्ताहरुले कारवाहीमा परेका व्यक्तिको गाडी अध्यक्षलाई लिन पठाएको भनेर सिमरा विमानस्थलमै केहीबेर विवाद गरेकाे थियाे।

कार्यक्रम तालिका अनुसार प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताको गाडी ओलीलाई लिन विमानस्थलमा पुगेको थियो । वसरुद्दीन अन्सारीले पनि गाडी पठएपछि केहीबेरको विवाद भएको स्रोतले जनाएको छ । विवादपछि अन्सारीले पठाएको गाडी फिर्ता गरेर ओली राजकुमार गुप्ताले लिएर गएको गाडीमा चढ्नुभएको स्रोतको भनाई छ ।

गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै अन्सारी लगायत विभिन्न तहका नेताहरुलाई कारवाहीको सिफारिस गरेको थियो ।

कारवाहीमा परेको व्यक्ति ले पठाएको गाडीमा पार्टीका अध्यक्षलाई चढाउन नहुने भन्दै नेता कार्यकर्ताहरुले विवाद गरेका थिए । सिमरा विमानस्थलमा विहान साढे १० बजे ओर्लिनु भएका एमाले अध्यक्ष केपी ओली सिमरा स्थित क्लासिक रिसोर्टमा केहीबेरको विश्रामपछि वीरगन्ज आउनु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]