२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पर्सा प्रहरीले खुद्रा कष्मेटिक हार्डवेयर औषधी लत्ताकपडा ट्रकसहित पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र २३, २०७९


(रोशन कुमार निधि) पर्सा । बिरगंज बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, कष्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू वीरगञ्जबाट कलैया र बिराटनगरतर्फ लैजादै गरेको सूचना प्राप्त भई पर्सा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१२।२२ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डबाट ना ३ च ३१५० र वडा नं. ८ घण्टाघर स्थित सडकखण्डबाट ना ३ ख ५८९९ नम्बरको ट्रकहरूलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकहरूभित्र लोड रहेका खुद्रा, कष्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरू अनदाजी रू.२,२६,२६,८२३।– ( दुई करोड छबिस लाख छबिस हजार आठ सय तेहिस ) बराबरको मालबस्तुहरु बरामद गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०७९।१२।२२ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक निरमल बुढाथोकी ले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]