२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङकाे भालुवाङमा राप्ती नदीमा बगेर वेपत्ता भएका बालक मृत फेला

Logo
प्रकाशित शुक्रबार, चैत्र २४, २०७९


ABC (क्राईमबिट)
दाङ । भालुवाङ सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानकाे झिमरूक गाउँपालिका-८, टिमुरेचाैरका रामबहादुर सुनारका छाेरा अन्दाजी बर्ष १३ का बिबेक सुनार बिहीबार बेलुका ४ बजेको समयमा ससत्र व्यारेकको ठिक दक्षिण तर्फ राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।

शुक्रबार मध्यान्ह करिव १२ बजेको समयमा सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटरको टोलीले वेपत्ता भएकै ठाउँमा गाँडिएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल बहादुर सिंहले जानकारी दिएका छन् । फेला परेका बालकलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]