२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

उडिरहेको जहाजमै यात्रुहरुबीच कुटाकुट नियम पालना नगर्ने यात्रुलाई कार्वाही हुने

Logo
प्रकाशित शुक्रबार, चैत्र २४, २०७९

 (ABC-Sanchar) काठमाडौं । विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको फ्लाइट नम्बर ७१० मा दुई यात्रुबीच झगडा हुँदा कुटाकुट भएको छ। बुधबार बेलुका ४ः३० वजे काठमाण्डौंका लागि उडेका विमानमा चिनजानकै युवाहरु विच कुटाकुट भएको हो।

उनीहरुबीच पारिवारिक कुरामा विवाद भएको र विवादले चर्काे रुप लिँदा कुटाकट भएको जनाईएको छ। उनीहरुबीच भएको हात हालाहालको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ ।

उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि बुद्ध एयरले ती दुई यात्रुलाई काठमाडौंस्थित विमानस्थलको सुरक्षा निकायलाई जिम्मा लगाएको छ । विमानस्थल सुरक्षा निकायले ती यात्रुलाई थप कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशालालाई बुझाएको छ । अहिले ती यात्रुहरु प्रहरी वृत्त गौशालामा राखिएको छ ।

बुद्ध एयरले घटनाको बारेमा बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको थियो । ‘गैरसैनिक हवाई उडान ऐन २०१५’ र ‘नागरिक उड्डयन सुरक्षा नियमावली २०७३’ अनुसार उनीहरुलाई कारबाही हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विमानस्थल सुरक्षा भड्किने गतिविधि गरेमा, फ्ल्याइटको सुरक्षालाई चुनौती हुने र फ्ल्याइटको नियम पालना नगर्ने यात्रुलाई सोही कानुन अनुसार कारवाही हुने सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]