०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

डिआइजी बढुवामा कुरा मिलेन बैशाख दोस्रो साता ३ एसएसपी अबकास हुँदै

Logo
प्रकाशित शुक्रबार, चैत्र २४, २०७९

ABC (क्राईमबिट) काठमाडौं । एआइजीको बढुवासँगै नेपाल प्रहरीमा डिआइजीका १३ पद रिक्त भएका छन् । रिक्त पदमा शुक्रबार नै बढुवा सिफारिसको तयारी भएपनि सहमति हुन सकेको छैन ।

बढुवामा तिव्र प्रतिस्पर्धा हुँदा सहमति हुन नसकेको हो । छिटो बढुवा नगरे केही एसएसपीहरु उमेरहदका कारण अवकाश हुने जोखिम छ ।

बढुवाको प्रतिस्पर्धामा बरियताका आधारमा जनक भट्टराई, विष्णु कुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुबेर खापुङ, अर्जुनचन्द ठकुरी, सुरेन्द्र मैनाली र कृष्णहरी शर्मा पोखरेल अगाडि छन् ।

साथै चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल, मोहनप्रसाद पोख्रेल, विकासराज खनाल, राजेन्द्रसिंह खड्का लगायत छन् ।

एसएसपी खनाल ७ बैशाखभित्र बढुवा नभए अवकाश हुनेछन् । त्यस्तै बैशाख दोस्रो साता चक्रबहादुर सिंह र राजेन्द्रसिंह खड्का तथा चैत पहिलो साता सुरेन्द्र मैनाली एसएसपीको ५५ वर्षे उमेरहदका कारण अवकाश पाउनेछन् । त्यसकारण उनीहरुकै लागि पनि छिटो बढुवा गर्नुपर्ने दबाब छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चाकडीमा नलाग्न भनेपनि बढुवाका आकांक्षीहरु शक्तिकेन्द्र धाइरहेका छन् दृष्टि ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!