(रोशन कुमार निधि)
पर्सा । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नाे.७ जीतपुर बजारकाे मल पसलहरुमा राजश्व अनुसन्धान कार्यालयले छापामारी गरेको छ ।
शुक्रबार छापामारी गरी राजश्व अनुसन्धान कार्यालय पथलैयाले भन्सार छलीको १ सय ९१ बोरा भारतीय युरिया मल सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । भन्सार छलीको मल तस्करी गरिरहेको मोटरसाईललाई पछ्याउँदै राजश्व कार्यालयको टोलीले लक्की मल बिउ बिजन भण्डार जीतपुर र पुजा ईन्टरप्राईजेज जीतपुरमा छापामारी गरेको राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत तेज नारायण यादबले जानकारी दिए । राजश्व कार्यालयको छापा पर्ने बित्तिक्कै जितपुर बजारको अन्य मल पसलहरु जीतपुरमा धमाधम बन्द हुन थालेका थिए । राज्स्व कार्यालयको लक्ष्य कम्तीमा पनि भन्सार छलीको एक हजार भारतीय युरिया मल बरामद गर्नुपर्ने भए पनि जनशक्तिको अभावमा पूरा गर्न नसकिएको प्रमुख अनुसन्धान अधिकृत यादवले बताए ।