०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

सुदूरपश्चिम प्रदेशमा २ साता भित्र १०० जना भन्दा बढी संक्रमित थपिए

Logo
प्रकाशित आइतबार, चैत्र २६, २०७९

 (राजन थारु) धनगढी । प्रदेशका विभिन्न जिल्लाहरुमा गरी संक्रमितको संख्या एक सय नाघेको छ। खासगरी भारतबाट फर्कनेहरुमा कोरोना संक्रमण देखिन थालेपछि सीमा नाका क्षेत्रमा कोरोना परीक्षण गर्ने काम तीव्र पारिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा चैत १० गतेसम्म कोरोना संक्रमितको संख्या शून्य थियो। दुई साता नपुग्दै संक्रमितको संख्या एक सय पुगेको छ। नयाँ वर्ष र बिसु पर्व मनाउन छिमेकी भारतबाट धमाधम घर फर्किन थालेपछि दिन प्रतिदिन कोभिड संक्रमण बढन थालेको हो । पछिल्ला दुई सातायता कोभिड संक्रमण बढ्न थालेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले बताए । सुदूरपश्चिम प्रदेशका आधिकारीक पाँच वटा नाकाबाट स्वदेश फर्किरहेकाहरुमा कोभिड देखिन थालेको उनले बताए । भारतमा जसरी संक्रमण दर बढीरहेको छ त्यहाँबाट नेपाल फर्कनेहरूमा पनि संक्रमण देखा पर्न थालेको उनको भनाइ छ । खासगरी कैलाली र कञ्चनपुरमा बढी संक्रमित देखिएको तथ्याङ् रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!