२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सप्तरीमा घरायसी झगडा हुँदा ज्वाईको कुटपिटबाट ससुराकाे मृत्यु ज्वाइँ पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र २६, २०७९

ABC (क्राईमबिट)
सप्तरी । घरायसी विवादमा ज्वाईले ससुरा लाई कुटपिट गरि गम्भीर घाइते भएको ससुराकाे मृत्यु भएको छ । सप्तरीको बोदेबर्साईन नगरपालिका ६ खामगडाका ५५ वर्षीय छठु महतोको कुटपिटको तीनमहिना पश्चात मृत्यु भएको हो ।

उनलाई गत पुस ११ गते आफ्नै छोरी ज्वाइँ बोदेबर्साईन नगरपालिका ७ का २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गरेका थिए । ज्वाइँको कुटपिटबाट नाक, मुख, टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई स्थानिय जिवन ज्योति अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि धरान लगिएको थियो । स्वास्थ्यमा सुधार हुँदा गत चैत १८ गते घर फर्केर औषधि खाइरहेका उनको हिजो शनिबार दिउँसो मृत्यु भएको थियोे सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

डिएसपी सिंहका अनुसार कुटपिटमा संलग्न ज्वाइँ धरौटी रकम तिर्न नसक्दा जेल चलान भइसकेका छन् । ज्वाइँ माथि छठुकी श्रीमती मायाबति नौनियाले ज्यानमार्ने उद्योगमा किटानी जाहेरी दिएकी थिइन् । सप्तरी जिल्ला अदालतको फैसलाले माघ २५ गते पाचस हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि राजबिराज कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]