०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

बुद्ध एयरको उडिरहेको जहाजभित्रै हानाहान गर्ने यात्रुहरु पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र २७, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । विराटनगरबाट काठमाडौं आइरहेको जहाजभित्र आकाशमै झगडा गर्ने दुई जना यात्रु परे प्रहरीको फन्दामा परेका छन् । उनीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रहरीको जिम्मा लगाएको हो । दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठ नाम गरेका दुई यात्रु उडिरहेको विमान भित्र नै झगडा गरेको भिडियो समेत अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाका अनुसार एकै साथ रहेका दुई सिटमा बसेका उनीहरूले जहाजमा झगडा गरेपछि प्राधिकरणले नियन्त्रणमा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई बुझाएको हो । सामान्य झगडामा त आफैं मिलाउने पनि काम गरिन्थ्यो। यसमा नियन्त्रणमा लिएर बुझाएको छ। यहाँबाट मुद्दा नचल्ने भएकाले गौशाला पठाएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले जानकारी दिए । उनीहरू चिनजानकै व्यक्ति भएको समेत विमानस्थलस्रोत बताउँछ । उनीहरूलाई गैरसैनिक हवाई ऐन, २०१५ अनुसार कारबाही गर्न प्रहरीको जिम्मा लगाइएको हो । काठमाडौं । कल्पना गर्नुहोस् तपाईँ भारतमा ज्यालादारी मजदुरी गर्नुहुन्छ। तपाईँलाई एक दिनका लागि बलिवुड सिनेमामा अतिरिक्त कलाकारको रूपमा काम गर्ने प्रस्ताव आउँछ। तपाईँको भूमिका चाहिँ, तोकिएको एटीएममा जाने र केही रकम निकाल्ने।
सन् २०१८ मा भारतको महाराष्ट्र राज्यका केही पुरुषले आफूहरूले चलचित्रमा अभिनय गर्ने अवसर पाएको ठानेका थिए। तर वास्तवमा उनीहरू एक महत्त्वाकाङ्क्षी ब्याङ्क लुट्ने योजनामा पैसा सङ्कलन गर्ने प्रयोजनका लागि ठगिएका थिए।
सन् २०१८ को एक सप्ताहान्तमा पुणेमा मुख्यालय रहेको कसमस को-अपरेटिभ ब्याङ्कमा आक्रमण भएको थियो।
शनिवार दिउँसोको समय ब्याङ्कको प्रधान कार्यालयका कर्मचारीहरूलाई अचानक चेतावनी पूर्ण सन्देशहरू आउन थाले। ती सन्देशहरू संयुक्त राज्य अमेरिकाको कार्ड भुक्तानी गर्ने कम्पनी भिसाका थिए जसमा विभिन्न एटीएमहरू मार्फत् कसमस ब्याङ्कको कार्ड प्रयोग गरेर ठूलो रकम निकाल्न खोजिएको र त्यो शङ्कास्पद देखिएको चेतावनी दिइएको थियो।
तर जब कसमसका कर्मचारीले ब्याङ्कको प्रणालीहरू जाँच गरे त्यहाँ कुनै असामान्य कारोबार भएको पाएनन्। करिब आधा घण्टापछि सुरक्षा नीति अपनाउँदै कसमस ब्याङ्कले भिसालाई आफ्ना सम्पूर्ण कार्डहरूबाट कारोबार रोक्ने अधिकार दियो। तर त्यस उपाय अपनाउन ढिलो हुँदा ठूलो मूल्य चुकाउनु पर्‍यो। भोलिपल्ट, भिसाले सन्दिग्ध कारोबारको पूर्ण सूची कसमसको मुख्य कार्यालयसँग साझा गर्‍यो: संसारभरका विभिन्न एटीएमहरूबाट छुट्टाछुट्टै करिब १२,००० पटक पैसा निकालिएको देखियो।
ब्याङ्कले करिब एक करोड ४० लाख अमेरिकी डलर गुमाइसकेको थियो।
यो अत्यन्त बृहत् स्तरमा, निकै मिहिन समन्वयमा गरिएको दुस्साहसपूर्ण अपराध थियो। लुटेराहरूले संयुक्त राज्य अमेरिका, यूके, संयुक्त अरब इमिरेट्स र रुस लगायत २८ देशका विभिन्न एटीएमहरूबाट लुटपाट गरेका थिए। यस असाधारण आपराधिक घटनाक्रम मात्र दुई घण्टा १३ मिनेटको अवधिमा भएको थियो।

अन्ततः अनुसन्धानकर्ताहरूले यस चोरीको सम्बन्ध एक सन्दिग्ध ह्याकरहरूको समूहसँग जोडिएको पाए जसले यसअघि उत्तर कोरियाली राज्यको निर्देशनमा उस्तै लुटमा सफलता हात पारेको थियो।

तर उनीहरूले घटनाबारे थप जानकारी प्राप्त गर्नुअघि, महाराष्ट्रको साइबर-अपराध एकाइका अधिकारीहरू केही सीसीटीभी फुटेज देखेर छक्क परे। ती दृश्यहरूमा दर्जनौँ पुरुष एटीएम बुथहरूमा देखिए। उनीहरूले ब्याङ्कको कार्ड प्रयोग गरेर पैसा निकाल्दै झोलामा भरेको फुटेजमा देखिन्छ।
“हामीलाई पैसा ओसार्ने यस्तो सञ्जालको बारेमा केही थाहा थिएन,” अनुसन्धानको नेतृत्व गर्ने इन्स्पेक्टर जनरल ब्रिजेश सिंहले भने। सिंहका अनुसार हरेक गिरोहमा एक जना व्यक्ति थिए जसले ल्यापटपमा घटना भइरहेको वास्तविक समयमै एटीएम कारोबारको निगरानी गरिरहेका थिए। सीसीटीभी फुटेजमा देखिए अनुसार पैसा ओसार्न खटेको व्यक्तिले केही रकम लुकाउन खोज्दा निगरानीकर्ताले देख्छन् र गाली गर्छन्। सीसीटीभी फुटेज र एटीएम नजिकका क्षेत्रहरूबाट मोबाइल फोन डेटा प्रयोग गरेर भारतीय अनुसन्धाताहरूले लुट मच्चिएको केही सातापछि १८ जना सन्दिग्धहरूलाई पक्राउ गर्न सफल भए। तीमध्ये अधिकांश अहिले मुद्दा सुनुवाइको पर्खाइमा छन्।

ती मानिसहरू गम्भीर प्रकृतिका अपराधी नभएको सिंहले बताए। पक्राउ पर्नेहरूमा एक जना वेटर, एक जना चालक र एक जना जुत्ता बनाउने मानिस थिए। अर्का एक जनाले त फार्मेसीमा डिग्री हासिल गरेका थिए। ती सबै भलाद्मी मानिस थिए,” उनी भन्छन्। यद्यपि, पैसा लुट्ने समयसम्ममा “अतिरिक्त कलाकार”को रूपमा खटाइएका ती मानिसहरूलाई पनि आफूले वास्तवमा के गरिरहेको छु भन्नेबारे थाहा भएको हुनसक्ने उनको अनुमान छ।
तर के उनीहरूलाई आफूले कसका लागि काम गरिरहेका छौँ भन्ने थाहा थियो त?
यस लुटको पछाडि बाँकी विश्वबाट अलगथलग रहँदै आएको उत्तर कोरियाको हात रहेको अनुसन्धानकर्ताहरूले विश्वास गरेका छन्। उत्तर कोरिया विश्वको सबैभन्दा गरिब राष्ट्रहरू मध्ये एक हो। यद्यपि, उसले सीमित स्रोतहरूको ठूलो अंश राष्ट्रसङ्घ सुरक्षा परिषद्ले प्रतिबन्ध लगाएको पारमाणविक हतियार र बलिस्टिक क्षेप्यास्त्रहरू उत्पादनमा खर्चन्छ। फलस्वरूप, संयुक्त राष्ट्रसङ्घले उक्त देशमाथि निकै कडा प्रतिबन्धहरू लगाएको छ जसका कारण त्यहाँको व्यापार खुम्चन पुगेको छ। सत्तामा आएको ११ वर्षदेखि उत्तर कोरियाली नेता किम जङ अनले हातहतियार परीक्षणको अभूतपूर्व अभियान सञ्चालन गरेका छन्। जसअन्तर्गत चार वटा पारमाणविक परीक्षणहरू र अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गर्ने उत्तेजक प्रयासहरू समाविष्ट छन्। अमेरिकी अधिकारीहरूले उत्तर कोरियाले देशको अर्थतन्त्रलाई चलायमान राख्न र आफ्नो अस्त्रसम्बन्धी कार्यक्रमलाई आर्थिक आड दिन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!