२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

उपनिर्वाचनको मुखैमा अडियो सार्वजनिक गर्नु शङ्कास्पद देखियो रवी लामिछाने

Logo
प्रकाशित सोमबार, चैत्र २७, २०७९

(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनको मुखैमा अडियो सार्वजनिक गर्नु शङ्कास्पद भएको बताएका छन् ।

उनले उपनिर्वाचनको मुखैमा आफ्ना पार्टीका सांसदको पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकामा असन्तुष्टि समेत व्यक्त गरे ।

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्य मन्त्री बन्न सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ मागेको र उनीहरुलाई उक्त २ करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग सहयोग मागेको अडियो सार्वजनिक भएको थियो ।

चितवनमा भएको चुनावी कार्यक्रममा लामिछानेले भने, ‘यति बेला अडियो किन ल्याइयो ? अरु दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो दलमा चलन छैन । निर्वाचन आयोग, अदालतबाट नसकेपछि चुनावकै मुखमा यस्ता कुरा आउनुलाई मैले अन्यथा लिएको छैन । पार्टीमा रहेर भ्रष्टाचार गर्नेलाई कठालो समातेर जनताको माझमा पुर्‍याउने क्षमता मसँग छ । जसले गल्ती गरे पनि कारबाही गर्ने सक्ने छाती लिएर हिँडेको छु । मेरै वरपर लागेका मान्छेलाई आरोप लागेको छ । अख्तियारमा म आजै निवेदन दिन्छु । कसको के छ, विगतमा थाहा थिएन, आउन सक्ला । आएको खण्डमा कारबाही गर्दै अघि जाने हो । अरु पनि केही छन् भने अहिले नै आउनु, चुनावकै अघिल्लो दिन आउन् । चुनावकै दिन आउन् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]