
ABC (क्राईमबिट) सिरहा । सशस्त्र प्रहरी बलले तस्करीको सामान बरामद गरेको छ । मंगलबार बिहानको समयमा सिरहाकाे झाझ्पटी कुसन्डी र खैरवाना चौक हुँदै लहान तर्फ जाँदै गरेको लहानका मिनि ट्रकलाई डिएसपी प्रमाेद प्रकाश पाठककाे कमान्डमा खटिएको टाेलीले उक्त तस्करीको सामान बरामद गरेको हो यो मिनि ट्रक बोडरबाट आउदै गरेको अनुमान गर्न सकिन्छ ।
उक्त टाेलिले भन्सार छलि गरि तस्करी गरेर ल्याएको कपडा सहित प्रदेश २ – ०१ ००१ ख ०२९८ नम्बरको मिनी ट्रक समेत अबैध कपाडा जम्मा रु १३,००००० लाख र मिनि ट्रक २०,००००० बीस लाखबरबर्को समान बरामद गरि आवश्यक कार्वाहीकाे लागि भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी गण सिरहाका सूचना अधिकारी डिएसपी निलकम्ल आचार्यले जानकारी दिएको छ ।