(सागर थापा) दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङमा २०७९।०५।१३ गते दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वली हाजिरी भए पश्चात गरीएका काम कारवाही:
अमर प्रहरी स्मारक’को स्थापना गरिएको ।
सेवा ग्राहीहरूको लागि नागरिक सहायता कक्षको भवन निर्माण गरी रंग रोगन समेत गरीएको ।
जिन्सी स्टोर भवन निर्माण गरीएको ।
प्र.ना.उ भान्सा घर निर्माण गरिएको ।
हतियार किलिरिङ पिट निर्माण गरिएको ।
इलेक्ट्रिक हाउस(Switch Board) निर्माण गरिएको ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको फर्निसिङ गरिएको ।
अपराध अनुसन्धान शाखाको फर्निसिङ गरिएको ।
ई.प्र.का.सिसहनिया दाङको भवनको टेण्डर गरी शिलन्यास पश्चात निर्मणाधिन अबस्थामा रहेको
प्रहरी चौकी पुरन्धारा दाङको भवन निर्माणको कार्य अन्तिम चरणमा रहेको ।
प्र.चौ.सतबरिया दाङको फिल्ड सम्याउने कार्य गरिएको ।
अ.प्र.पोष्ट रिहार दाङको भवन स्थानीय तह (लमही नगरपालिका) को सहयोगमा निर्माण गरि १८ कठ्ठा जमिनमा तारबार समेत गरी ३० लाखको लागतमा तयार भए पश्चात मिति २०७९।१२।१६ गते स्थानान्तरण गरिएको ।
अस्थाई प्रहरी पोष्ट पर्सेनी दाङको भवन भाडामा र जिर्ण अबस्थामा रहेकोमा मिति २०७९।१२।०३ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ सुन्दर बस्तीको ६ कठ्ठा जमिन सहितको पक्की भवनमा स्थानान्तरण गरिएको ।
जग्गा प्रकृया अगाडी बढाईएका प्रहरी इकाईहरु
ई.प्र.का. अमिलिया ।
प्र.चौ. जसपुर दाङ । प्र.चौ. बेला दाङ ।
प्र.चौ. गोबडिया दाङ ।
प्र.चौ. चंगुवा दाङ ।
प्र.चौ. बिजौरी दाङ ।
अ.प्र.पो. मसुरिया दाङ ।
अ.प्र.पोष्ट कोठरी दाङ ।
अ.प्र.पोष्ट हापुर दाङ ।
अ.प्र.पोष्ट दमारगाउँ दाङ ।
अ.प्र.पोष्ट सर्रा दाङ ।
अ.प्र.पोष्ट छिल्लिकोट दाङ ।
नयाँ अस्थायी प्रहरी पोष्ट स्थापनाको लागि ५ वटा प्रहरी इकाईको लागि प्रक्रिया अगाडी बढाईएको
अस्थायी प्रहरी पोष्ट मोतिपुर, दाङ ।
अस्थायी प्रहरी पोष्ट छिल्लीकोट, दाङ ।
अस्थायी प्रहरी पोष्ट बराह क्षेत्र, दाङ ।
अस्थायी प्रहरी पोष्ट सुकौरा, दाङ ।
प्रतिनिधि सभा, प्रदेश सभा र स्व.वि.यु. निर्वाचन शान्तिपुर्वक सम्पन्न गरेको
लामो समय देखि जि.प्र.का. दाङको नियन्त्रणमा रही थन्किएर रहेका दुई पांग्रे सवारी साधन (मो.सा, स्कुटर) लेखापढी गरी यातायात कार्यालय संगको समन्वयमा लिलाम प्रक्रियामा लगिएको ।
प्रहरीको सक्रियतामा नगर भित्र रहेका बिभिन्न सडकहरूको खाल्डा खुल्डि पुरिएको ।
राजश्व शंकलन :-
२९,८०० ट्राफिक कारवाहीबाट रु १,९४,३३,५०० अक्षरुपी एक करोड चौरानब्बे लाख तेत्तिस हजार पाँचसय
नदिजन्य पदार्थ रु ८,५५,७८१।– (अक्षरुपी आठ लाख पच्पन्न हजार सात सय एकासी) राजश्व शंकलन
ओखेटोपहारः- अ. रु ३,४९,६६०।– बराबरको अबैध काठ अ. ३२७.३६५ क्यूफिट काठ,काठ तस्करीमा संलग्न ११ जना र १ वटा सवारी साधनलाई कारवाहीको लागी डिभिजन वन कार्यालयमा पठाईएको ।
यस जिल्लाको विभिन्न स्थानवाट भन्सार छली गरी ल्याएका अ. रु ७,१७,०००।– मुल्य वरावरका अबैध सामान बरामद गरि आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको ।
समुदाय प्रहरी साझेदारी अन्तर्गत समुदायलाई सचेत गराउने उद्देश्यले जिल्ला भरिमा ३६० भन्दा बढि कार्यक्रम सन्चालन गरी सो कार्यक्रमबाट अंन्दाजि २४,००० बढि मानिसहरू लाभान्वित भएका ।
बिभिन्न समयमा हराएका १४ वटा मोटरसाइकल तथा स्कुटर फेला पारी सम्बन्धित धनिलाई बुझाइएको ।
प्रहरी कर्मचारीहरुलाई बिभिन्न बिषय बिशेषज्ञहरुबाट नेपाल प्रहरी मोबाइल एप, बैंकिङ सेवा, सम्बन्धी जानकारी मुलक कार्यक्रम संचालन गरिएको ।
जिल्ला भरिका महिला प्रहरी कर्मचारीहरूको गुनासो महिला अधिकृत बाट नै सनुवाई तथा सम्बोधनका लागि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मिरा खड्कालाई तोकिएको ।
बिबाद तथा द्वन्द निरुपण
-सम्राट सिमेण्ट कारखाना र स्थानीय वासी बिच रहेको बिबाद समाधान गरिएको ।
-ट्रक समिति र टिप्पर समिति बिचको विवाद समाधान गरिएको ।
विपद व्यवस्थापन २०७९।०६।१७ गते देखि आएको अविरल वर्षाको कारण भएको सडकहरूको अबरुद्दतालाई १७ घण्टा पश्चात सुचारु गर्नुका साथै विपदमा परेको २०६ घर परिवारलाई उद्दार गरेको ।
मेला पर्वको सुरक्षाः
बडा दशै तथा तिहार पर्वमा १११५ जना परिचालन । बहारक्षेत्र बाह्र कुने दह माघे संक्रान्ति मेला मा प्र.नि.कोकमाण्डमा ९१ जना परिचालित । रिहार मेला ८२ जना परिचालन ।
पाण्डवेश्वर महादेव धारापानी मेला १३० जना परिचालन । होली पर्वमा ९५१ जना प्रहरी जनशक्ति परिचालन । लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग पर्यटन तथा कृषि प्रदर्शनी-२०७९ को सुरक्षा योजना ५७ जना परिचालन ।
प्रदेश सभा बैठक ८ पटक बसेको ।
माघ २१ छैँठौ प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्र.नि. सुजन शाहको कमाण्डमा १५ जना परिचलान । फागुन ३ गते लुम्बिनी प्रदेशको छैठौं स्थापना दिवसको अवसरमा प्र.नि.सुजन शाहको कमाण्डमा १०९ जना परिचालन ।
अति विशिष्ट व्यक्तिको सुरक्षा
तत्कालिम सम्माननीय राष्ट्रपति ज्यूको फागुन ३ गते भएको भ्रमण कार्यक्रममा २५० जनाको प्रहरी जनशक्ति परिचालन । दाङ जिल्लामा २२० जना VIP को आवागमन भई आवश्यक सुरक्षा व्यवस्था मिलाईएको । अपराध अनुसन्धान तर्फ चालु आ.ब. २०७९।०८०को हाल सम्ममा ८५३ वटा मुद्दा दर्ता भएकोमा ४७३ वटा पर्च्छौट भएको र ३८० वटाको अनुसन्धान भैरहेको । चालु आ.व.मा ४८ वटा लागु औषध मुद्धा दर्ता भएको र उक्त मुद्धा पुरुष ३ र महिला ८ जना गरी ७३ जना पक्राउ परेको । जसमा १६२ ग्रम ९११ मिलिग्राम ब्राउन सुर,१० किलो २०० ग्राम चरेश,१२ किलो ५५० ग्राम गाँजा र १७८ ट्याप्लेट नाइट्राजेपाम ब