०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

पेरुमा मानव ८०० बर्ष कङ्काललाई प्रेमिका मानेर बसिरहेका युवक पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र २९, २०७९

ABC (क्राईमबिट) पेरु । प्रहरीले एक व्यक्तिबाट ६००–८०० वर्ष पुरानो कङ्काल भेटेको छ । प्रहरीका अनुसार यी व्यक्तिले यो कङ्काललाई आफ्नी प्रेमिका बताइरहेका थिए र उनले कङ्काललाई ‘जुआनिटा’ नाम दिएका थिए । आफूसँगै बेडरुममा सुत्नेसमेत बताए । उनले भने, ‘त्यहाँ मेरो बेड छ, उता पट्टी टिभी र त्यो नजिकै जुआनिटा छिन् । ’

जुलियो पेरुमा एक डेलिभरी म्यान हुन् । प्रहरीले यो कङ्काललाई उनको कुलर ब्यागमा भेटेका हुन् । जुलियोलाई यो एक महिलाको कङ्काल हो जस्तो लाग्छ । यसबारे उनी दाबी गर्दै भन्छन्, ‘‘जुआनिटा’ मेरो परिवारमा पछिल्लो ३० वर्षदेखि छिन् ।’

मानव कङ्काललाई प्रेमिका मानेर बसिरहेका थिए यी व्यक्ति

पेरुमा प्रहरीले एक व्यक्तिबाट ६००–८०० वर्ष पुरानो कङ्काल भेटेको छ । प्रहरीका अनुसार यी व्यक्तिले यो कङ्काललाई आफ्नी प्रेमिका बताइरहेका थिए र उनले कङ्काललाई ‘जुआनिटा’ नाम दिएका थिए ।

जुलियो सिजर नामका ती व्यक्तिले उक्त कङ्काल आफूसँगै बेडरुममा सुत्नेसमेत बताए । उनले भने, ‘त्यहाँ मेरो बेड छ, उता पट्टी टिभी र त्यो नजिकै जुआनिटा छिन् । ’

जुलियो पेरुमा एक डेलिभरी म्यान हुन् । प्रहरीले यो कङ्काललाई उनको कुलर ब्यागमा भेटेका हुन् । जुलियोलाई यो एक महिलाको कङ्काल हो जस्तो लाग्छ । यसबारे उनी दाबी गर्दै भन्छन्, ‘‘जुआनिटा’ मेरो परिवारमा पछिल्लो ३० वर्षदेखि छिन् ।’
उनले भने, ‘म उनको रेखदेख गर्छु । उनी मेरा लागि आध्यात्मिक महिला मित्र जस्तै छिन् ।’

यद्यपि, विशेषज्ञका अनुसार यो १.५१ मिटर लामो कङ्काल कुनै पुरुषको हो । यसको उमेर ६०० देखि ८०० वर्ष अघि मृत्यु हुँदा ४५ वर्ष आस–पास होला ।

प्रि–हिस्प्यानिक कालमा मानिसको जसरी अन्तिम संस्कार गरिन्छ यो ठ्याक्कै त्यही अवस्थामा छ ।

यो कङ्काललाई पेरुको संस्कृति मन्त्रालयलाई सुम्पिएको छ । जुलियो र उनका दुई जना साथीलाई प्रहरीले हिरासतमा राखेर सोधपुछ गरिरहेको छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

error: Content is protected !!