(ABC-Sanchar) काठमाडौं । नेपालमा रहेको यस एयरलायन्सले बुधबार आफ्ना एजेन्ट र यात्रुका लागि जारी गरेको सूचनामा मौसमका कारण ३ यू ३९०२ र ३ यू ३८८५ उडान रद्द गरिएको जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उडान रद्द गरिएपछि उसले बुधबारको उडानलाई बिहीबारका लागि सारेको छ ।
‘सबै यात्रुलाई लाजिम्पाटस्थित होटल र्याडिसनमा राखिएको छ,’ सहप्रवक्ता भुलले भने,‘यदि अर्को वायुसेवाबाट जानुपर्ने यात्रुलाई टिकट रिफन्ड गरिरहेको छ ।’
सिचुआनले नेपालको उडानमा एयरबसको ए ३१९ जहाज प्रयोग गर्छ । प्रतिघन्टा १० नट्स भन्दा बढी हावाको गति हुँदा सिचुआनले उडान सुरक्षामा असर पर्नसक्ने जनाउँदै काठमाडौंमा विमान पठाउँदैन । प्राधिकरणले सिचुआनलाई सातामा चार दिन काठमाडौं उडान गर्छ । हावाको गति १० नट्स भन्दा बढी हुने क्रम नरोकिएमा उसले उडान समय सार्ने जानकारी दिएको सहप्रवक्ता भुलले बताए ।