०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

सिरहाको प्रादेशिक अस्पतालमा आगलागी हुँदा ६५ वर्षीय बिरामी वृद्धको मृत्यु

Logo
प्रकाशित बुधबार, चैत्र २९, २०७९

  1.  (ABC-Sanchar) सिरहा । बुधबार दिउँसो आगलागी भएपछि भागाभाग हुँदा अस्पतालमा डायलाइसिस गराइरहेका सिरहा बरियारपट्टीका ६५ वर्षीय प्रदीपकुमार दासको मृत्यु भएको छ ।
    डायलाइसिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएकाे थियो ।

अस्पतालका अनुसार डायलाइसिसका क्रममा रगतको कमी भएका दासलाई आगलागी हुनुअघिदेखि रगत चढाउनेक्रम भइरहेको थियो । आगलागी हुन थालेपछि स्वास्थ्यकर्मीले रगतको पाइप चुँडाइदिँदा अत्यधिक रक्तस्राव भएभएपछि गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

सो अस्पतालले आइतबार र बुधबार डायलासिस गर्दै आएको छ । आगलागीको समयमा आठजना बिरामीले डायलाइसिस गराइरहेका थिए । अस्पतालका सूचना अधिकारी अशोक सिंहका अनुसार जेनेरेटर चल्ने क्रममा बुधबार दिउँसो पौने दुई बजेतिर आगलागी भएको थियो । आगलागीको क्रममा भागदौड हुँदा अत्यधिक रक्तस्रावका कारण गम्भीर भएका दासको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको सिंहले जानकारी दिए ।

सिरहा नगरपालिकाको बारुण यन्त्र, स्थानीय र नेपाल प्रहरीले आधा घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । आगलागीबाट १३२ केबीको जेनेरटर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

error: Content is protected !!