०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

लोक स्टार शनी बिश्वकर्माको गीत सामाजिक संजाल टिकटकमा रुचाइदै

Logo
प्रकाशित बिहिबार, चैत्र ३०, २०७९


(ABC-Sanchar) दाङ । नेपाली मौलिक संस्कृति बोकेको लोक दोहोरी गीति एल्वम ‘खर काटेर’ टिकटकमा अत्यधीक रुचाइएको छ । लोकस्टार शनी बिश्वकर्मा र करुणा ओलीद्वारा स्वरबद्ध लोक दोहोरी गीति एल्वम ‘खर काटेर’ रिलिज अगावै टिकटकमा अत्यधिक रुचाइएको हो ।

आयातित संंस्कृतिको प्रभावले नेपाली गीत संगीत बिकृत बन्दै गइरहेको समयमा मौलिक नेपाली संस्कृति र जीवन शैली झल्काउने गीति एल्वम ‘खर काटेर’ को प्रमोशनका लागि टिकटकमा पोष्ट गरिएको सुटिङ रिपोर्टले दर्शकको मन जितेको मात्र छैन–टिकटक पोष्ट ह्वात्तै बढेको छ । मनोरञ्जनको भरपर्दो साधनका रुपमा रहेको टिकटकमा दुई दिनमै २ सय ५० बढी व्यक्तिले गीतको शीर्ष भाग (स्थायी÷थेगो) लाई पोष्ट गरेका छन् ।

सञ्चारकर्मी टीका बस्नेतको शब्द रचना, करुणा ओलीको संगीत रहेको गीतको संगीत संयोजन नगेन्द्र वियोगीले गर्नुभएको छ । प्रकाश शाहीको प्रस्तुती रहेको गीत सुर्खेतको रमणीय वातावरणमा छायांकन गरिएको गीतमा प्रकाश शाही, नविन ओली, सीता भण्डारी र लक्ष्मी सुनारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

error: Content is protected !!