०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

बैंकहरुले वैशाख १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदरमा कटौती

Logo
प्रकाशित बिहिबार, चैत्र ३०, २०७९

(ABC-Sanchar) काठमाडौं । वाणिज्य बैंकहरुले घटेको ब्याजदर बिहीबार सार्वजनिक गरेका छन्। व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा ओर्लिएको छ ।

वाणिज्य बैंकहरुले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदरमा कटौती गरेका हुन् । नेपाल बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले निक्षेपको ब्याज दर कटौती गर्ने निर्णय गरेको थियो ।

बैठकले फागुनमा ११ प्रतिशत रहेको साधारण मुद्दतीको ब्याज दर ९.९९ प्रतिशतमा सिमित छ । रेमिटेन्स खातामा भने न्यूनतम एक प्रतिशत थप ब्याज दिएका छन् ।

संघको निर्णय अनुसार मुद्दती मात्र नभएर बचत, संस्थागत र कल निक्षेपको ब्याजदर पनि घटाएको छ। बैंकहरुले संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशतमा ल्याएका छन् ।

बैंकहरुले बचतमा ५.४ देखि ८.४ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् । कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा सिमित छ ।

विकास बैंकहरुले पनि एक वर्षदेखि माथिको मुद्दतीमा एउटा र एक वर्षभन्दा कमको मुद्दतीमा अर्कोथरी ब्याज दिएका छन् । एक वर्षभन्दा कमलाई १०.५० प्रतिशत र त्यो भन्दा माथिको मुद्दतीलाई १०.६० प्रतिशत दिएका छन् । तर रेमिटेन्स खातामा भने ११.६० प्रतिशत छ ।

संस्थागतलाई पनि एक वर्षदेखि माथिको मुद्दतीमा ८.६० र त्यस अवधिभन्दा कममा ८.५० प्रतिशत दिने जाएका छन् । कल खातामा ३ प्रतिशतसम्म मोलतोल गर्न पाइन्छ । बचतमा ६ प्रतिशतदेखि ९ प्रतिशतसम्म दिने जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

error: Content is protected !!