२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

विमानस्थलका कर्मचारीहरुले अबदेखि खल्ती भएको लुगा लगाउन नपाउने

Logo
प्रकाशित बिहिबार, चैत्र ३०, २०७९

(ABC-Sanchar) काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले अबदेखि खल्ती भएको लुगा लगाउन नपाउने भएका छन्।

विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने नेपाल वायु सेवा निगमका कर्मचारीले खल्ती भएको लुगा लगाउन नपाउने भएका हुन् ।

यात्रुहरूको लगेज फुटेकोजस्ता गुनासा आएपछि निगमले यस्तो निर्णय गरेको हो । ब्यागेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन समेत लगाइएको र लगेजलाई वर्षातको पानीबाट जोगाउन ट्रलीमा छानासमेत लगाएको निगमले जनाएको छ ।
निगमका अनुसार एयरपोर्टमा कार्यरत कर्मचारीहरूका लागि खल्तीरहित पोसाकको व्यवस्था समेत गरिएको छ । लगेज सुरक्षार्थ कर्मचारी पनि खटाइएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]