०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

सल्यानको सामुदायिक वनमा पुरुषको शव फेला प्रहरी अनुसन्धान जारी

Logo
प्रकाशित शनिबार, बैशाख ०२, २०८०

ABC (क्राईमबिट) सल्यान । शारदा नगरपालिका ७ कागेखोलास्थित मसिना सामुदायिक वनमा सडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

मसिना सामुदायिक वनको भीरमा बाख्रा चराउन गएका स्थानीयहरूले सडेगलेको अवस्थामा उक्त शव देखेपछि प्रहरीलाई बोलाइएको थियो ।
स्थानीयहरूका अनुसार उक्त शव शारदा नगरपालिका ओखरेनीका ३८ वर्षीय भद्रबहादुर बिकको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक गोलाप श्रेष्ठले शरीरमा भएको कपडाको आधारमा आफन्तहरूले शवको पहिचान गरेको जानकारी दिए ।
उनका अनुसार मृत भेटिएका विक गत चैत्र १२ गतेदेखि घरबाट हराइरहेका थिए । मानसिक सन्तुलन कमजोर भएका उनको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ । विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

error: Content is protected !!